दमौली खबर संवाददाता
दमौली, फागुन १२
व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।
विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता गरिएको क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी दिनुभयो ।
प्रतियोगितामा व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालय प्रथम भएको छ व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङ स्थित जनजागृति माध्यामिक विद्यालय द्धितीय भएको छ भने भानु नगरपालिका–५ मईबल स्थित सरस्वती सदन मावि तृतीय भएको छ । प्रतियोगिता पराशर कलेज तथा पराशर माध्यामिक विद्यालयको प्राङ्गणमा गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार, द्धितीयलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार नगद तथा प्रमाणपत्र पराशर कलेजका प्रमुख अमृत भण्डारीले प्रदान गर्नुभयो । सो अवसरमा क्याम्पस प्रमुख भण्डारीले यस्ता प्रतियोगिताले प्रश्नको स्वभाव र प्रकृति, बुझ्ने, चाँडै उत्तर दिन सक्ने क्षमतालाई विकास गर्नेहुँदा विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



