हेडलाईनसमाचार

पराजुलीद्धारा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा

दमौली खबर संवादाता
दमौली, असोज ६।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तनहुँ क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिने विष्णु पराजुलीले घोषणा गर्नु भएको छ  ।  बुधबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभा तर्फ तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताउनुभयो ।
 आगामी मंसिर ४ गते  लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारको घोषणा गरेको उहाँको भनाई थियो । आफुँ निर्वाचनमा विजयी बने बालेन्द्र शाह र हर्क साम्पाङ्गले गरेजस्तै जनमुखी काम गर्ने पराजुलीले बताउनभयो । निर्वाचनमा विजयी भए संघिय संसदमा निर्भक र नर्वाद रुपमा जनताकको आधारभूत र तत्काल दिनुपर्ने सेवा सुविधाको बारेमा वहस गर्ने र कार्यान्वयन गर्ने सम्बन्धित निकायलाई लगाउनले समेत उनले बताए । त्यस्तै प्रदेश सभा र राष्ट्रिय सभा खारेजीको लागि दवाव दिने, विदेशमा रहेका नागरिकको मताधिकार प्राप्त गर्न पहल गर्ने, सरकारी अस्पतालमा उपचार गर्न रोज्ने अवस्था सिर्जना गर्ने लगायतका काम गर्ने पराजुलीले पत्रकार सम्मेलन मार्फत आफ्ना प्रतिवद्धता व्यक्त गरे ।
आफु जन्मिएकै ठाँउमा केही गर्ने उदेश्यले र अहिलेका पार्टी भन्दा फरक रूपबाट काम गर्ने उदेश्यले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने सोच बनाएको उहाँको भनाई छ ।  आफुले निर्वाचनमम जिते जनमुखी काम गर्ने, लोकल रक्सीको ब्राण्डिङ्ग गर्ने, विदेशी रक्सीको आयात कम गर्ने, ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने  लगायतका काम गर्ने समेत उहाँले  बताउनुभयो  ।
Show More

Related Articles

Back to top button