समाचार

पत्रकार महासंघको कल्याणकारी कोषमा सहयोग जुट्दै

दमौली खबर संवाददाता

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गर्न लागेको कल्याणकारी कोषमा सहयोग जुट्न थालेको छ । शाखाले कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगका लागि आग्रह गरेपछि सहयोग जुट्न थालेको हो । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न शाखाको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । भानु नगरपालिका ९ पुर्कोटका समाजसेवी, प्रभु बैंकका पूर्वसञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष तथा आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहेका श्रीराम पाण्डेले कोषमा रु २० हजार सहयोग गर्नुभएको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताए ।

त्यसैगरी व्यास १ गल्बुबँेसी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गरेका हुन् । न्यौपानेले रु दुई हजार ५११ गरेका हुन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील न्यौपाने पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिलाई कोषमा आर्थिक सङ्कलन गर्ने निर्णय गरिएको महासङ्घ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताए । यसैबीच जन्म दिनको अवसर पारेर म्याग्दे ७ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ४ बस्ने भाग्यशाली ढुङ्गानाले पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरेका छन् ।

ढुङ्गानाले आफ्नो ५४ बर्ष प्रवेशको अवसरमा ५ हजार ५५ रुपयाँ प्रदान गरेका हनु् हो । व्यास नगरपालिकामा नायव शुब्बा पदमा कार्यरत ढुङ्गानाले जन्म दिनको फहजु खर्च नगरीकन आफ्नो ५ दिन बराबरको तलव महासंघलाई हस्तान्तरण गरेको बताए । संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको र आफुले सहयोग गरेका बताए । उनले यो अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गरे । उनले यस रकमबाट कोरोजा संक्रमित विपन्न वर्गको हितमा समेत खर्च गर्न आग्रह गरे । ढुङ्गाना नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संरक्षकत्वमा रहेको ‘टिकानिधी ढुङ्गना स्मृती व्यास परासर पत्रकारीता पुरस्कार’का संस्थापक समेत हुनुहुन्छ ।

महासंघको कल्याणकारी कोषका लागि रकम प्रदान गरेकोेमा तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गरे । नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका कोषाध्यक्ष बिमला दुुवाडीले बताए ।

Show More

Related Articles

Back to top button