समाचारAll

पत्रकार नहर्कीलाई पितृशोक

दमौली खबर  संवाददाता
दमौली:-६, मंसिर
तनहुँका संचारकर्मी शंकरराज नहर्कीलाई पितृशोक पर्नुभएको । तनहुँ टेलिभिजनका म्यानेजर नहर्कीको  पिता व्यास नगरपालिका ११ पोल्याङ निवासी ८४ वर्षीय रेशमलाल नहर्कीको मंगलबार  निधन भएको हो ।
मुटु दुखेर दमौली अस्पतालमा उपचारका लागि ल्याइएका नहर्कीको त्यही निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ  । उहाँका १ श्रीमती, ३ छोराहरु गणेश नहर्की, भरत नहर्की, शंकरराज नहर्की र १ छोरी मैया कैनी हुनुहुन्छ । नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका नहर्कीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताइएको छ । उहाँ पोल्याङ खानेपानी उपभोत्ता समिति, मनकामना आश्रम, वसन्त आधारभूत विद्यालय विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो  ।
नहर्की पार्थिव शरीरमा नेपाली कांग्रेस तनहुँका पूर्व सभापति वैकुण्ठ न्यौपानेले चारतारे झण्डा ओढाएका थिए । उनको पार्थिव शरीरुको पवित्र सेती, बुल्दी, मादी घाटमा दाहसंस्कार गरिएको छ । दाह सस्कार गर्नु अघि पूर्वसभापति न्यौपाने, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, महाधिवेशन प्रतिनिधी रामबहादुर बानियाँ, नेपाल ट्रेड युनियन कांग्रेस कार्यबाहक सभापति लोकराज सेढाइँ, लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button