हेडलाईनसमाचारगण्डकी प्रदेशAll

नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता
दमौली, कात्तिक २० ।
नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय नगरी पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाली लेखक संघका केन्द्रिय अध्यक्ष तिर्थ श्रेष्ठले उद्घाटन गर्दैै प्रजातान्त्रिक लेखकहरु गोलबद्ध भएर एकाकार नभएसम्म संगठन दु्रत र चलायमान रुपमा सञ्चालन हुन नसक्ने बताए । नेपालमै पहिलोपटक १५ लाख धनराशीको विजय बजिमय राष्ट्रिय लेखक पुरस्कार बजीमय परिवारबाट स्थापना  गरिएको जानकारी दिदै प्रत्येक दुई दुई बर्षमा व्याजबाट प्राप्त हुने २ लाख रुपैयाको पुरस्कार नेपालभरी मध्येबाट उत्कृष्ट लेखकलाई प्रदान गरिने जानकारी दिए । लेखकहरुले राष्ट्रिय लेखक पुरस्कार समेत स्थापना गर्नका लागि सबै जिल्ला कार्य समितिले सहयोग गर्न आव्हान गरे ।
आगामी बर्षबाट बैशाख १७ गते राष्ट्रिय लेखक दिवश मनाइने जानकारी समेत त्यस अवसरमा दिए । नेपाली लेखक संघका केन्द्रिय सदस्यहरु बाबुराम चालिसे, गौँकुमारी न्यौपाने लगायतले लोकतन्त्र समाजबाद र प्रजातन्त्रको लागि नेपाली लेखकहरु सजग भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा मनाङका प्रतिनिधि राम पुजर ढाकुर, स्याङजाका अध्यक्ष मिलन समिर,गोर्खाका अध्यक्ष उदयबहादुर भट्ट, पर्वतका अध्यक्ष ओम प्रसाद घायल, लमजुङका पशुपति घिमिरे बाग्लुङका गणेश पौडेल, तनहुँका अध्यक्ष शंकरराज नहर्की, कास्कीका अध्यक्ष सञ्जिव पौडेल, म्याग्दीका अध्यक्ष रेखा रेग्मी लगायतले आ–आफनो मन्तव्य राखेका थिए । उक्त अधिवेशनले डाक्टर इश्वर मणि अधिकारीको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्बत चयन गरेको छ । समितिको उपाध्यक्षमा पशुपति घिमिरे, महिला उपाध्यक्षमा निरु केसी, महासचिवमा सञ्जीवबाबु पौडेल, सचिवमा रमेशचन्द्र घिमिरे, कोषाध्यक्षमा दिपक समिप र सदस्यहरुमा लक्ष्मण थापा, रामपूजन ढाकुर, भाईकृष्ण सुनार, भरत पोख्रेल अन्जान र महिला सदस्यहरुमा सीता शर्मा, माया अधिकारी र टिका सापकोटा रहेका छन् । त्यस अवसरमा गण्डकी काव्य गोष्ठीमा विभिन्न साहित्यकारहरुले राष्ट्र राष्ट्रियता र प्रजातन्त्र र देशमा देखिएका विकृति र विसंगतीका बारेमा आआफ्ना रचना बाचन गरेका थिए ।
Show More

Related Articles

Back to top button