सम्पादकीयAll

नाम जस्तै कामको थालनी हुनु सुखद

दमौली खबर संवाददाता

नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको उपलक्ष्यमा गण्डकी प्रदेशमै पहिलो पटक सरसकारी तरवबार श्वासप्रश्वास सम्बन्धि उपचार सेवा सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मङ्गबार देखि श्वास प्रश्वासको विशेषज्ञ उपचार सुरु गरिएको हो । स्थापना भए देखी जनरल मेडिसिन लगायतका सेवा प्रदान गर्दै आइरहेको उक्त केन्द्रले १२ बर्षपछि श्वासप्रश्वास विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा सेवा सुरु हुनु खुसीको कुरा हो । ढिलै भएपनि केन्द्रले नाम अनुसारकै सेवा सञ्चालन गरिनु राम्रो पक्ष हो । सेवा सञ्चालनमा आएपछि तनहुँका अतिरिक्त सिमाना जोडिएका कास्की, स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिल्ने देखिन्छ । ५० वेड सामान्य अस्पताल सञ्चालन गरिएको भएपनि उद्धेश्य बमोजिम नै फोक्सो खराबी लगायतले गर्दा हुने श्वासप्रश्वासको विशेषज्ञ सेवा सञ्चालन गरिएको बताईएको छ । नेपालमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरु दिनप्रतिदिन बढ्दै गएको र हाललाई श्वासप्रश्वास सम्बन्धी रोगीहरुलाई मध्यनजर गर्दै सेवा सुरुवात हुनुले जिल्लाावासी उत्साहित भएका छन् । पूर्व प्रधानमन्त्री कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तराष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य राखिएको छ । नाम अनुसारको सेवा सुरु गण्डकी प्रदेशकै लागि खुसीको कुरा हो । केन्द्रबाट श्वासप्रश्वास सम्बन्धि ओपिडी सेवा, जनरल ओपिडी, हाडजोर्नी तथा नशा सम्बन्धि विशेषज्ञ सेवा, आइसियु सेवा, आकस्मित सेवा प्रदान गरिन्छ । यसैगरी अन्तरङ्ग सेवा, डिजिटल एक्सरे, इसिजी सेवा, बाल रोग सम्बन्धि विशेषज्ञ सेवा, जनरल सर्जन सम्बन्धि विशेषज्ञ सेवा, इन्टरनल मेडिसिन सम्बन्धि विशेषज्ञ लगायतको प्रदान गरिएको सेवालाई थप व्यवस्थित गरिनु पर्दछ ।

Show More

Related Articles

Back to top button