Uncategorized

देवघाट गाउँपालिकामा उद्यमशील तालीम सुरु

दमौली खबर सम्बाददाता
चैत ३ , दमौली । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा तीन दिन उद्यमशिलता बिकास तालिम सुरु भएको छ।
देवघाट गाउँपालिका भित्रका व्यावसायिक गर्ने इच्छुक युवाहारुलाई व्यबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम सञ्चाल गरिएको देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । सो उद्यमशीलता बिकास तालिममा भने देवघाट गाउँपालिका भित्रका ४० जना उद्यम व्यवसायकको सहभागिता रहेकोे छ। तालीममा सहभागी प्रशिक्षर्थिहरुलाई प्रशिक्षण भने उद्योग बाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निल बहादुर के.स. ले व्यावसायिक योजना,व्यावसायिक दर्ता र व्यावसायिक योजनाका स्रोत कसरी गर्न सकिन्छ भन्ने बिषयहरुमा प्रशिक्षण दिएका थिए । तालिम ४ गते सम्पन्न हुने भएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button