All

‘माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्दै’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् ।मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गर्नु भएको हो ।नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ ।बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो ।
यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।

Show More

Related Articles

Back to top button