समाचारकोरोनाभाइरसस्वास्थ्य

दुई दिनमा थपिए ११० संक्रमित, चारको ज्यान गयो

दमौली खबर संवाददाता
कोभिड संक्रमणका कारण तनहुँमा दुई दिनमा चार जनाको ज्यान गएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको रिपोर्ट अनुसार तनहुँको व्यास ८ का ६८ वर्षका संक्रमितको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ । व्यास ६ का ६० वर्षका वृद्धको गण्डकी मेडिकल कलेज पोखरा तथा शुक्लागण्डकी ४ का ६५ वर्षका वृद्धको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

त्यस्तै शनिबार घिरिङ गाँउपालिका वडा नं ३ का ५५ वर्षीय संक्रमित पुरुषको ज्यान गएको उल्लेख गरिएको छ । यो सँगै संक्रमणबाट ज्यान जानेको संख्या ५३ पुगेको छ । यता दुई दिनमा तनहँुमा एक सय १० जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शनिबार ५६ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै संक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ ।

Show More

Related Articles

Back to top button