समाचारAll

अध्यक्ष भट्टराईद्धारा दुई लाख २० हजार सहयोग

दमौली खबर संवाददाता

दमौली, असोज २२

नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले रकम सहयोग गर्नु भएको छ । भट्टराईले आईतबार विपी स्मृति भवन दमौलीमा पुगेर दुई लाख २० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

सो रकमको चेक अध्यक्ष भट्टराईले नेपाली कांग्रेस तनहुँका कार्यालय सचिव राजेन्द्र अर्याललाई हस्तान्तरण गर्नु भएको थियो । घर निर्माणको लागि सबैले मन मुकाउनु पर्ने र यसको लागि सबैले सहयोग गर्नु पर्ने भट्टराईले बताउनुभयो ।

Show More

Related Articles

Back to top button