हेडलाईनसमाचारAll

दमौलीमा विदेशी चिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिविर हुने

दमौली खबर संवाददाता
दमौली, कात्तिक १२ ।
तनहुँको दमौली स्थित दमौली अस्पतालमा यही कात्तिक १५ र १६ गते विदेशी चिकित्सकहरु सहितको निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ ।
रोटरी क्लब अफ दमौलीको आयोजना र रोटरी क्लब अफ ताइवान तथा दमौली अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने भएको हो ।
ताइवानका २६ जना र बाँकी नेपालका गरी ४० जना विशेषज्ञ सहित दमौलीमा २ दिन सञ्चालन हुने शिविरमा १० भन्दा बढी चिकित्सा सेवा प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
दमौलीमा  सुविधा सम्पन्न अस्पातल र विशेषज्ञ चिकित्सकको अभाव रहेको अवस्थालाई मध्यनजर गरी निशुल्क विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न लागिएको रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक रजिनलाल श्रेष्ठले जानकारी दिनुभयो
शिविरमा २६ जना विदेशी चिकित्सक, ९जना पोखराका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र ५ जना दमौली अस्पतालका चिकित्सले सेवा प्रदान गर्ने बताइएको छ । सो अवसरमा दाँतका विशेषज्ञ चिकित्सा सेवा, हाडजोर्नी सम्बन्धी चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिकित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, छाला तथा यौनरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, एक्स–रे ÷भिडियो एक्स–रे सेवा र औषधी वितरण लगायतका सेवाहरु निशुल्क उपलब्ध गराइने क्लबका पूर्व अध्यक्ष दमोदर भण्डारीले जानकारी दिनुभयो ।
शिविरमा ५ हजार जनाको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्न लक्ष्य आयोजकले राखेको छ । विदेशी चिकित्सकले आफुले हेर्ने बिरामीलाई आवश्यक औषधी र प्रविधि विदेशबाट नै ल्याउने छन् ।
दमौली अस्पतालको स्तर वृद्धि गर्ने दीर्घकालिन उद्देश्य राखेर शिविर आयोजना गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले बताए । रोटरी क्लबको उद्देश्य २ दिने स्वास्थ्य शिविर मात्र नभइ दमौली अस्पातलको स्तर वृद्धि गरी छिट्टै सबै खालका विशेषज्ञ सेवा जिल्लामै उपलब्ध गराउनु रहेको उनको भनाइ थियो ।  यसपटकको स्वास्थ्य शिविरलाई सफल बनाएर ताइवानबाट स्वास्थ्य क्षेत्रको बिकासका लागि निरन्तर सहयोग आउने वातावरण बनाउन रोटरी लागि परेको उहाँँले बताउनुभयो ।
उक्त शिविरबाट समस्त जिल्लाबासी लाभन्वित हुन भन्ने उद्देश्यले सबै पालिकालाई जानकारी गराइएको समेत आयोजकले जानकारी दिएको छ ।
उक्त शिविरलाई व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रोटरी क्लब अफ पोखराले समेत सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साथै इनरब्हील क्लब अफ दमौली, रोट¥याक्ट क्लब अफ दमौली, रोट¥याक्ट क्लब अफ बेदव्यास, रोट¥याक्ट क्लब अफ भानु, रोट¥याक्ट क्लब अफ भिमाद लगायतका संघसंस्थाले स्वयंसेवको रुपमा सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
शिविरका लागि ताइवानका चिकित्सकहरुले ल्याएका औषधी र स्वास्थ्य परिक्षण उपकरणहरु शिविर पश्चात दमौली अस्पाललाई नै सहयोग गर्ने सहमति भएको आयोजकले बताएका छन् ।
२६ चिकित्सक र अन्य स्वयंसेवक रोटरियन, ताइवानका सञ्चारकर्मी सहित ८३ जनाको टोली शिविरका लागि दमौली आउने आयोजकले जानकारी दिएको छ  । शिविरमा करीव १८ लाख खर्च हुने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो
Show More

Related Articles

Back to top button