समाचारकोरोनाभाइरसस्वास्थ्य

थपिए पाँच सक्रंमित

दमौली खबर संवाददाता
जिल्लामा सोमबार पाँच कोरोना संक्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका र घिरिङ गाँउपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा शुक्लागण्डकीको वडा नं ५ का ३५ वर्षीय पुरुष, ३० वर्षीया महिला र वडा नं २ का २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै घिरिङ गाँउपालिका वडा नं १ का ५२ वर्षीय पुरुष र वडा नं ३ मा ६६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सकृय संक्रमितको संख्या जिल्लामा १४ पुगेको छ ।

Show More

Related Articles

Back to top button