दमौली, भदौ ४ ।
कृष्ण जन्मास्टमीको अवसर पारेर एकता आमा समुह व्यास नगर पालिका–७ नरङाद्वारा आयोजित तीज गीत प्रतियोगिता आज सम्पन्न भएको छ । व्यास नगर कार्यपालिका सदस्य निला घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको अध्यक्षता समुहकी अध्यक्ष मिरा वाग्लेले गर्नुभएको थियो । संस्कृतिको जगेर्ना गर्ने प्रमुख उदेश्य रहेको उक्त प्रतियोगितामा प्रतियोगी समुहहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी समुहहरुमध्य बाकी समुहलाई पछि पार्दै क्यामिन मावि महिला शिक्षक समुहले प्रथम स्थानको राशी हात पार्न सफल भएको थियो ।
समाबेशी आमा समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको थियोे भने छोरी बुहारी समुह ले तृतीय स्थान प्राप्त गरेको थियो । एकता आमा समूह र सरस्वती आमाले समूह दुबैले सान्त्वना स्थान हासिल गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले कोभिड १९ को लामो संक्रमणकाल पश्चात् यो कार्यक्रमले सस्कृतिको जगेर्ना मात्र नभई मनोरन्जन पनि हुने कुरा व्यक्त गर्नुभएको थियो । सामुदायिक अङ्ग्रेजी विधामन्दिरका प्रअ मनोहरी अधिकारी क्यामिन माविका सहायक प्रअ रुपा घिमिरे, समुहकी सचिव शान्ति वाग्ले, समुहकी सदस्य गोमा अधिकारी निर्णायक मण्डलका संयोजक मनोहरी अधिकारी लगायतले यस्ता प्रतियोगिताले तिजको सस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

