समाचार

विद्यार्थी विरोध सभामा,पढाई स्थगित

प्रतिनिधि सभा विघटनको विरुद्धमा सोमबार दमौलीमा नेपाली काङ्ग्रेसका भातृ संस्थाहरुले आयोजना गरेको विरोध प्रर्दशनले विद्यार्थीको पढाई नै स्थगित हुन पुगेको छ । विरोध प्रदर्शनमा जिल्लाका दुई हजार विद्यार्थीको उपस्थिती रहेको काँगे्रसको भातृ संस्था नेपाल विद्यार्थी संघले जनाएको छ । नेविसंले विरोध सभामा विद्यार्थीको प्रयोग गर्दा आदीकवि भानुभक्त क्याम्पसको पढाई नै स्थगित हुन पुग्यो । अन्य दिनमा दिउँसो तीन बजे सम्म हुने पढाई सोमबार १२ बजे नै नेविसंघले बिथ्लीदियो ।

पढाई भईरहेको समयमा नेविसंघले काँगे्रसको विरोध प्रदर्शनमा विद्यार्थीलाई झण्डा बोकाई ¥यालीमा सहभागि गराएको थियो । नेविसंघले विद्यार्थीलाई लैजादाँ पढाई स्थगित भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले स्वृकार गर्छन् ।सोमबार दिवा समयमा १२ बजे सम्म पढाई भएको उनले बताए । विद्यार्थीको पढाई बिग्रादिने तरिकाले क्याम्पस समयमा विद्यार्थी लैजान नमिल्ने उनि बतान्छन् । उनले भने,‘ नियम अनुसार विद्यार्थीलाई त्यसरी लैजान मिल्दैन । तर कक्षाकोठामा नै गएर विद्यार्थीलाई लिएर गए । ’

उनले अघि भने,‘ विद्यार्थी संगठनमा लाई पटक पटक भनिएको छ तर संगठनले पढाईलाई भन्दा विरोध तथा आन्दोलनलाई बढी जोड दिएका छन् । ’यता स्वतन्त्र विद्यार्थी संघ आदीकवि भानुभक्त क्याम्पसकी सभापति दुर्गा भण्डारीले क्याम्पसको अनुमतिमा नै विद्यार्थीहरु लिएर गएको दाबी गर्छिन् । उनले भनिन्,‘ संगठनमा आवद्ध रहेका विद्यार्थीलाई लिएर आएका हौं । सबै विद्यार्थी अनिर्वाय गरिएको थिएन् ।

संगठनप्रति आस्था राख्ने विद्यार्थी पनि आएका छन् । ’ उनले अघि भनिन्,‘क्याम्पसमा तिन पिरियड भएपछि विद्यार्थीलाई विरोधमा लिएर आएका हौं । विद्यार्थीलाई लैजान क्याम्पस सँग समन्वय गरेर लिएर आउने गरेका छौं । ’ उनले विरोधमा सत्यवति,बालमन्दिर,जलदेवि, दमौली कजेल,भिमादको जनज्योती क्याम्पस बाट दुई हजार विद्यार्थीहरुको सहभागिता गराएको बताईन् । उक्त विरोध सभालाई काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए ।

Show More

Related Articles

Back to top button