हेडलाईनसमाचारAll

चोरको बिगबिगी बढेपछि स्थानीय वासिन्दा चिन्तित

दमौली खबर संवाददाता
दमौली, कात्तिक २२ गते । चोरको बिगविगी बढेपछि तनहुँको तनहुँको व्यास नगरपालिका ५ सागे बरबोटेका बासिन्दा आतंकित भएका छन् ।  मंगलबार १६ लाख मूल्य बराबरको नगद र सुनका गरगहना चोरी भएकोले गाउँवासी त्रसित भएका हुन् ।  बलराम श्रेष्ठको घरबाट उक्त नगद र गरगहना चोरी भएको हो । घरमा कोही नभएको मौका पारी श्रेष्ठको घरबाट दिउसै उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरमा लगाएको च्यानल गेटको ताला फोडेर ति व्यक्तिहरुले ६ लाख नगद र १० तोला सुनका गरगहना चोरी गरी फरार भएको बताइएको छ । दिउसोको समयमा घरमा कोही नभएको मौका पारी श्रेष्ठको घरमा रहेको दराज र बाकस भित्रका नगद र गरगहना चोरी गरी ति व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीय आनीबानी थाहा भएको व्यक्ति चोरी कार्यमा संलग्न भएको हुन सक्ने अनुमान गरिएको छ । चोरी गर्ने व्यक्तिहरुको तिब्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । यसै बिच चापाघाटमा समेत केही व्यक्तिहरुको घरबाट सुनका गरगहना र नगद  चोरी भएको थियो ।
Show More

Related Articles

Back to top button