समाचार

तनहुँमा थपिए १३ संक्रमीत

तनहुँमा सोमबार १३ कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँको पाँच पालिकामा १३ संक्रमीत थपिएका हुन् । व्यासमा ५, शुक्लागण्डकीमा २, म्याग्देमा १, भानुमा १, आँबुखैरेनीमा १ जना नयाँ संक्रमीत थपिएका हुन् । त्यस्तै पश्चिमाञ्चल कम्युनिटी अस्पतालमा कार्यरत तनहुँका ३ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । यो सँगै तनहुँमा संक्रमीतको संख्या १ हजार १ सय ७० पुगेको छ । जसमध्ये निको हुनेको संख्या ७ सय २८ रहेको छ भने सक्रिय केश ३ सय ८५ रहेको छ । त्यस्तै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ रहेको छ ।

 

Show More

Related Articles

Back to top button