समाचार

तनहँुमा मतदाता नामावली अद्यावधिक कार्य सुरु

तनहँुमा बिहिबार देखि मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको छ । नेपाल सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि तनहँुमा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक सुरु गरेको हो । निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार बिहिबार बाट १० वटै स्थानीय तहहरूको केन्द्रमा सुरु गरिएको छ ।

उनका अनुसार माघ १५ गतेदेखि २१ गते सम्म जिल्लाभर मतदाता नामावली अद्यावधि गर्ने (दाबी बिरोध) कार्यक्रम सञ्चालन गर्ने, मृत्यु भएकाहरूको नाम हटाउने, कुनै त्रुटि भएका सच्चाउने तर ठेगानामा कुनै प्रकारको परिवर्तन गर्न नपाइने भएको छ । उनले जिल्लाका १० वटै स्थानीय तहको केन्द्रीय कार्यालयमा नै मतदाता नामावली सच्याउने काम गरिने समेत बताए । तनहँुका दुई सय ६५ मतदान केन्द्र रहेकोमा दुई लाख ३१ हजार चार सय २० मतदाता रहेका छन् ।

Show More

Related Articles

Back to top button