समाचार

ट्याक्टर पल्टँदा एकको मृत्यु

जिल्लाको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखा स्थित छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी २ अदुवाखर्कका ४० वर्षीय केशव दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छिम्ेश्वरीबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग१त ३७७० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पाखा बारीमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । घाइते मध्ये आँबु ३ ज्यामिरेश्वाँराका ४५ वर्षीय लिलाबहादुर यादी मगरलाई आँबुखैरेनी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । सवारी चालक गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं १३ का २५ वर्षीय तीर्थ थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Show More

Related Articles

Back to top button