Uncategorized

गल्वुवेशीमा भएको दुर्घटनामा किशोरको मृत्यु, एक घाईते

दमौली खबर संवाददाता
दमौली, १४ कात्तिक ।
व्यास नगरपालिका– १ को गल्वुवेसी–भादगाउँ भित्री सडकमा आईतबार साँझ भएको दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।


नेपाल विद्युत प्राधिकरणको पो १ ध ४० नम्बरको गाडी र ग २१ प ४९३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ


दुर्घटनामा व्यास नगरपालिका १ गल्वुवेसी बस्ने १८ वर्षीय रेशम गुरुङको मृत्यु भएको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका ती युवकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय रोशन घर्ती गम्भीर घाइते भएका छन् । घाइते घर्तीलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे छ ।

Show More

Related Articles

Back to top button