समाचार

तिहारपछि खुले व्यासका विद्यालय

जिल्लाको व्यास नगरपालिका विद्यालय मंसिर पुनः खुलेका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन मंसिरको पहिलो हप्ता सम्म बन्द गराईएको थियो । ्व्यास नगर शिक्षा समितिको बैठकले मंसिर २ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको थियोे । तिहारको चाडपर्वको बिदा मनाएपछि व्यासमा पुनः विद्यालय सञ्चालन गरिएको छ । मौसम परिवर्तनको कारण रुघा, खोकीको प्रकोप देखिएको र कोरोना फैलन सक्ने सम्भावना भएकाले प्रत्यक्ष कक्षा सञ्चालनमा रोक लगाएको थियो ।

कक्षा सञ्चालन गर्दा पनि नगरपालिकाले यस अगावै जारी गरेको निर्देशिकालाई विद्यालयले पालना गरेर सञ्चालन गरेका छन् । यदि कोरोनाको प्रभाव देखिएमा वा फैलन सक्ने खतरा बढेको खण्डमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय स्वयम विद्यालयले लिन सक्ने समेत बताईएको । असोज ११ गतेदेखी ६ महिनामा खुलेका व्यासका विद्यालय फेरी असोज २७ गते बन्द भएका थिए । जुन आईतबार सञ्चालनमा आएका छन् । व्यासमा विद्यार्थी संख्या धेरै भएका यहाँका विद्यालयले ३ सिफ्टसम्म कक्षा चलाएका छन् । । विद्यार्थीलाई ३ घण्टा बढी कक्षामा राख्न नपाउने बाध्यकारी नियम नगरपालिकाले बनाएको छ ।

Show More

Related Articles

Back to top button