समाचारAll

कांग्रेस नेता जोशीद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवदेना व्यक्त

दमौली खबर संवाददाता
नेपाली काँग्रेस नेता गोविन्दराज जोशीले शोकमा रहेका श्रेष्ठ परिवारलाई भेटी  समवेदना व्यक्त गर्नु भएको छ ।
 व्यास नगरपालिका–७ निवासी कांग्रेसका पूराना नेता रामप्रसाद श्रेष्ठको परिवार धर्मपत्नी पदमकुमारी श्रेष्ठ, छोराहरु राजकुमार श्रेष्ठ, रतन श्रेष्ठ, हरि श्रेष्ठ, लगायतलाई शुक्रबार भेट गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको हो ।
सो क्रममा नेता जोशीले स्वर्गिय श्रेष्ठ कांग्रेसको संगठन निर्माणमा पु¥याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गर्नुभयो  । यसैगरी विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ , तनहुँका सभापति हरिशरण पण्डित, समाजसेवी ज्योतिकुमार श्रेष्ठ, भिमकुमार श्रेष्ठ, दिर्घबहादुर थापा, लागयतले पनि स्वर्गिय श्रेष्ठ परिवारजनलाई भेट गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको हो ।
Show More

Related Articles

Back to top button