समाचार

काँडेतार र पर्खालले छेकेन परिक्षा

दमौली खबर संवाददाता

तनहुँ, चैत्र १५

चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतार घेरिएको तनहुँका कारागारमा रहेका एक कैदीबन्दी एसइई परिक्षामा सामेल हुनु भएको छ ।

भानु नगरपालिका–१ का कतव्र्य ज्यान मुद्धाका कैदीले यस वर्ष एसइई परीक्षा दिनु भएको हो । व्यास नगरपालिका–३, दमौली स्थित महर्षिवेदव्यास सस्कृत माध्याविक विद्यालय केन्द्रबाट उहाँले परिक्षा दिनु भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

छ महिना अघि जेल पर्नु भएका उहाँको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन । विशेष सुरक्षा व्यवस्था मिलाई परिक्षा केन्द्रमा पु¥याएर जाँच दिने व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button