दमौली खबर संवाददाता
दमौली, असोज १५
व्यास नगरपालिकाका प्रमुखदमौली, असोज १५ वैकुण्ठ न्यौपानेले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनको लागि नगरपालिकाले विगतका वर्ष देखि नै अस्पताललाई सहयोग गर्दै आएको बताएका छन् । विगतका वर्षमा अस्पतालको व्यवस्थापनको लागि १५ ÷१५ लाख प्रदान गरेको र यस वर्ष अस्पतालको भौतिक सुधारको लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । मंगलबार दमौली अस्पतालमा कोभिडको बेला ल्याईएको बेडहरु अस्प्तालको पुरानो भवनका कोठाहरुमा व्यवस्थापन गर्ने कार्यक्रमलाई निर्देशन दिँदै थप गरिएका सात वटा वेडबाट बिरामीहरुले केही राहत अनुभव गर्ने बताउनुभयो । नगरपालिका आम जनताको स्वास्थ्य प्रति गंभिर भएको चर्चा गर्दै डेंगी संक्रमण कम गर्नको लागि लामखुट्टे खोज र नष्ट गर भन्ने अभियान सुरु गर्नुका साथै सरसफाईमा समेत ध्यान दिन आम नगरवासीहरुलाई आग्रह गर्नुभयो । रोगले धनी, गरीव, ठुलो सानो केही नभन्ने चर्चा गर्दै नगर प्रमुख न्यौपानेले दमौली अस्पतालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन्छ भन्ने विश्वास आम जनतामा दिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाले अस्पतालले विगतका दिनको तुलनामा प्रदान गर्ने सेवा र सुविधाहरु चुस्त र दुरुस्त बनाउँदै लगिएको बताउँदै थप गरिएका बेडले विरामीहरुको उपचारमा सहजकता हुने बताउनुभयो ।



