हेडलाईनAll

पौडेलको जीवन बचाउन मद्धत गरौं

भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँड्छौं कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा
सतह बहन्छौ कति दूर ?
माथिका कविता अंश महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताका हुन् । महाकवि देवकोटाले भने झैं इश्वर खोज्न मन्दिरमा जानु पर्दैन । दुःखमा परेका, भोकै बसेका, अन्यायमा परेका व्यक्तिलाई मद्धत गरेर धर्म कमाउन सकिन्छ । मानिसले दिने आशिष नै इश्वरले दिएको वरदान हो । समस्यामा परेको व्यक्तिलाई मद्धत गर्दा उनिहरुले आशिष दिन्छन् त्यो आशिषले गर्दा मानिसको जीवनमा प्रगति प्राप्त गर्न सक्दछ । समाजमा उपचार नपाएर जीवन मरणको दोसाँधमा परेका व्यक्तिहरु धेरै छन् । कापी ,कलम र कपडा किन्न नपाएर पढाइ छाड्ने पनि धेरै छन् । तिनिहरुलाई सहयोग गरियो ठुलो पुण्य पाउन सकिन्छ । समाजमा विभिन्न समस्या परेका मध्यै तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी १८ बर्षीय बीरेन्द्र पौडेलको उपचारको लागि याचना गरिएको छ ।
 पौडेलको परिवारजनसँग आर्थिक अवस्था कमजोर भएपछि उहाँलाई बचाउनको लागि अभियानलै सञ्चालन गरिएको हो । पौडेलको उपचारमा सहयोग पु¥याउन मंगलबार ३३ हजार बढी आर्थिक सहयोग गरिएको छ ।  म्याग्दे समाजले रु.३३ हजार पाँच सय ८० आर्थिक सहयोग गरेको छ । यो समाजको कार्य अनुकरणीय छ । समाजले जस्तै अन्यले पनि मद्धत गर्नुपर्दछ । हामीले सहयोग गरेर उहाँको जीवन बचाउन सकियो भने त्यो भन्दा ठुलो धर्म अरु केही हुँदैन । थोपा थोपा गरेर सागर हुन्छ भन्ने नेपाली भनाई जस्तै सबैले सहयोग गरेर पौडेलको जीवन रक्षा गर्नुपर्छ ।
Show More

Related Articles

Back to top button