समाचारAll

उम्मेदवार विरुद्ध दावी विरोध परेन

दमौली खबर संवाददाता

दमौली, चैत २२

तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा चैत्र २० गते मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध चैत्र २१ गते दावी विरोध परेको छैन । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ९ जनाकै विरुद्ध दावी विरोध नपरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत मिनबहादुर कुँवरले कुनै पनि उम्मेदवार विरुद्ध दावी विरोध नपरेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका थिए । उम्मेदवारहरुका विरुद्ध ३ बजेसम्म उजुरी दिने समय रहेपनि कसैको पनि दावी विरोध नपरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । चैत्र २२ गते पनि सोही उम्मेदवारहरुको नामावली प्रकाशित गरिने छ उनले भने । चैत्र २३ गते उम्मेदवारहरुको नामावली फिर्ता लिने समय ९ देखि १ बजेसम्म राखिएको र २ बजेबाट ३ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने, ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button