हेडलाईनसमाचारAll

आज देखि बालमन्दिमा मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

दमौली खबर संवाददाता

दमौली १५ ,बैशाख

तनहुँको व्यास नगरपालिका २ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा आज र भोली मुटुको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । काठमाडौंका चिकित्सक तथा प्राविधिकहरुद्वारा ति विद्यार्थीहरुको मुटुको स्वास्थ्य परीक्षण गरिने नगरपालिकाले जनाएको छ । उक्त दिन बिहान ५ बजेदेखि ९ बजेसम्म मुटुको स्वास्थ्य परीक्षण गरिने भएको छ । नियमित मुटुको उपचार गराइ रहेका विद्यार्थीको हकमा भने जुनसुकै उमेरका बिरामीले जचाउन सक्ने व्यास नगरपालिकाले जनाएको छ । मुटुमा प्वाल परेका कारण कतिपय बालबालिकाहरु आर्थिक अभावमा उपचारबाट समेत बन्चित भइरहेका बेला आयोजना गरिएको यस स्वास्थ्य शिविरले उनीहरुलाई ठूलो राहत पुग्ने शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख नविन पराजुलीले बताउनुभयो ।

Show More

Related Articles

Back to top button