समाचार

अब डोकोमा पानी बोक्नु पर्दैन कि !

बिहान उठ्ने बितिकै डोको र नाम्लो लिएर घरबाट १५ मिनेट जति ओरालो झरी पानी लिन जान्छीन् तिलमाया गुरुङ ।उनको विहानको दैनिकी पानी ओसादैमा बित्छ । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा जिल्लाको व्यास नगरपालिका वडा नं ५ चुँदेरको बजार डाँडामा चर्को समस्या रहेको छ । ।

बाह्रै महिना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको थापाले गुनासो पोखिन । ‘न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्,’ उनले भनिन् । ‘पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त हुदैन । ’ उक्त ठाँउमा रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको थापा झै स्थानीय बासिन्दाको गुनासो छ ।केही समय पानी तान्ने मोटर लगाएर समस्या हटाउन गर्न खोजेपनि मोटर बिग्ररिए पछि समस्या जस्ताको त्यस्तै छ ।

हिउँदे महिनामा पानी पाइँदैन, बस्ती भन्दा तल कुवामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । पानीको समस्याले त्यहाँको बासिन्दाको सामाजिक क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको छ । स्थानीय तिलबहादुर थापाले पानीकै समस्याले छोराहरुको विवाह नहुने होकी भन्ने चिन्ता रहेको बताए । ‘हाम्रो समस्या कस्ले बुझ्छ र, खानेपानीको समस्या देखेपछि आफनो छोरालाई छोरी दिन्न कि भन्ने चिन्ता छ ,’ उनले थपे,‘गर्मी मौसममा पानी नै हुँदैन गाईवस्तुलाई झन कसरी पुर्याउने भन्ने समस्या छ ।’ तिलबहादुरले अघि भने,‘पारि गाँउमा केही घरमा घरै पिच्छे पानी छ । हाम्रो मा पानी ओसादैमा दिन बित्छ । ’ उक्त गाँउलेहरुको यो समस्यालाई समाधान गर्न स्थानिय तह र रोटरीको संयुक्त लगानीमा दुई महिनाभित्र घर—घरमा खानेपानी पु्याउने उद्देश्य सहित खानेपानीको योजना सुरु भएको छ ।

अमेरिका स्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त ठाँउमा सोमबार देखि खानेपानीको योजना निर्माण कार्य शुरु भएको छ । डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटाउन सोमबार रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको हो । एक करोड १६ लाख ४० हजारको लगानीमा निर्माण हुन लागेको उक्त खानेपानी योजनामा रोटरीको ८४ लाख १२ हजार रुपया लागत रहेको छ । खानेपानी योजनाको शिलान्यास रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर किरणलाल श्रेष्ठ र व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा गरे । कार्यक्रममा बोल्दै रोटरीका निवर्तमान गर्भनर श्रेष्ठले सन् २०३० सम्म हरेक ठाँउमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य रोटरीको रहेको बताए ।

उनले भने,‘रोटरीले शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर सहयोग गदै आईरहेको छ । सरकारी निकायसँग समन्वय गरि सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी पु्याउने उद्देश्य हाम्रो छ ।‘ नगरप्रमुख न्यौपानेले खानेपानीको समस्याले विस्थापित भएका स्थानियवासी गाँउमा पानि आएपछि फर्किने विश्वास व्यक्त गरे । रोटरी क्लबका संस्थापक अध्यक्ष एवंम् सविधान सभा सद रामचन्द्र पोख्रेलले रोटरीले हरेक क्षेत्रमा सहयोग गदै आईरहेको बताए । व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले ग्रामिण भेगको डाँडामा बस्ती र मुहान खोल्सामा रहेको कारण खानेपानीको मुख्य समस्या रहेको बताउदै योजना सम्पन् भएपछि स्थानियवासीलाई सहज हुने बताए ।

रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त ठाँउमा खानेपानी योजनाको लागि डिपिआर तयार गरिएको थियो । दुई सय ५४ मिटरको दुरीमा रहेको मुहानबाट पानी ल्याई टयाङकी मार्फत घर घरमा पानी वितरण गर्ने योजना रहेको रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारील जानकारी दिए । उक्त खानेपानी योजनाले बजारडाँडा मात्र नभई चुँदेर, रानीटारी र नेपालटारका गरि दुई सय २९ घरधुरी लाभान्वित हुने भएका छन् ।

Show More

Related Articles

Back to top button