हेडलाईनसमाचारAll

अन्तिम पृष्ठमा पहिलो समाचार कलाकार कल्याणकारी कोषको लागि प्रतिष्ठानद्धारा देउसीभैलो र सास्कृतिक कार्यक्रम गरियो

दमौली खबर संवाददाता
दमौली, कात्तिक १६ । कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँद्वारा देउसी बुधबार दमौलीमा देउसी भैलो तथा सास्कृतिक कार्यक्रम गरिएको ट । कार्यक्रमबाट  १ लाख रुपैयाँ संकलन भएको छ । निम्त्यालुहरुले कार्यक्रम स्थलमै पुगेर उक्त रुपैयाँ सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो  । उक्त देउसी भैलो कार्यक्रमबाट २ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । रकम उठ्ने क्रम अझै पनि जारी रहेकाले लक्ष्यमा पुग्ने अनुमान हाम्रो छ गन्धर्वले भन्नुभयो । संकलित। देउसी भैलो कार्यक्रममा राष्ट्रिय एवं स्थानीय कलाकारहरुले लोक दोहोरी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको प्रतिष्ठानका सचिव अनुराग थापा मगरले बताए । यस अघि पनि उक्त प्रतिष्ठानले देउसी भैलो कार्यक्रम मार्फत परम्परागत संस्कृतिको जगेर्ना गर्ने र कलाकारहरुको सम्मान गर्ने कार्यक्रम गर्दै आएको बताइएको छ ।
देउसी भैलो कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो  । सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपाने यस्ता कार्यक्रमले कला र संस्कृतिको संरक्षणका लागि टेवा पुग्ने विश्वास व्यक्त गनुृभयो । सास्कृति कार्यक्रम र्चिर्चत गायक केशरबहादुर अधिकारी, गायिका सिता गुरुङ, गायक सञ्जिवसिंह राना लगायतको प्रस्तुतिले रौनकता प्रदान गरेको थियो  ।
Show More

Related Articles

Back to top button