विचारUncategorized

८ घण्टाको पढाई तीन घण्टामा

जिल्लाको व्यास नगरपालिकाले कोरोनाको महामारीका बीच विद्यालय सुचारु गर्ने तयारी गरेको छ । पालिका अन्र्तगत शिक्षा शाखाको सक्रियतामा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकले औपचारिक बैठक गरि तोकिएको मापढण्ड पूरा गरि विद्यालयहरु संचालन गर्ने तयारी गरेको हो । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको पठन पाठनमा नकारात्मक प्रभाव पर्न थालेको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले बताए ।’कोरोना महामारीका अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय संचालन गर्ने तयारी गरेका छौं,’ उनले भने,’ विद्यालयमा शौचालय, खानेपानी, गेटमा साबुन सेनिटाइजर अनिवार्य गर्दै मास्क तथा सामाजिक दुरीको पूर्ण पालनसहित कक्षा संचालन गर्ने हाम्रो तयारी हो ।’ नगरपालिका भित्रका विद्यालयहरुले भर्ना अभियान सुरु गरिसकेका छन् । व्यास नगरपालिका अन्र्तगत सामुदायिक ७५ र संस्थागत ४५ गरी एक सय २० वटा विद्यालयहरु छन् ।

अभिभावकहरुलाई सहजीकरण गदै छौ असोज ११ गते देखि कक्षा संचालन हुन्छ । उनले थपे,’ विद्यार्थीहरुको समूह बनाएर आलोपालो अध्यापन गराउँछौं । पहिलो चरणमा कक्षा १ देखि १० कक्षा सम्म एउटा कक्षामा २५ जना मात्र राखेर पढाउनु पर्ने नियम बनाईएको छ ।’ प्रत्येक कक्षाका एउटा समूहलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विधि अपनाएको छ। पहिलो दिन विद्यालय आएका समूहको तीन देखि पाँच दिनपछि पुन विद्यालय आउने पालो पर्छ । व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ पनि पारित गरेको छ ।सहजीकरण निर्देशिका ०७७ अनुसार उच्च सर्तकता अपनाउँदै पठनपाठन अघि बढाउने तयारी भइहेको शिक्षा शाखा प्रमुख रेग्मीले प्रष्ट्याए । उनले भने,‘आठ घण्टाको पढाई तीन घण्टामा हुन्छ, एउटा बेन्चमा दुई जना मात्र राख्न पाईने छ । ’ उनले थपे,‘थौरै संख्यामा विद्यार्थी भएको विद्यालयमा विद्यार्थीले नियमित पढाई पाउन्छन् तर धेरै विद्यार्थी भएको खण्डामा दिनमा तीन सिफ्ट गरि पठनपाठन हुने छ । ’ त्यस्तै यता केही विद्यालयले भने अनलाईन शिक्षालाई नै निरन्तरता दिने भएका छन् ।

व्यास २ स्थित रहेको सत्यवती माध्यमिक विद्यालयले लकडाउन सुरु भए लगत्तै अनलाईन शिक्षा सुरु गरेको थियो । नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपनि विद्यालयले अनलाईन शिक्षालाई निरन्तरता दिने सोचमा रहेको विद्यालयका प्रधानध्यापक ईन्द्र पौडेलले जानकारी दिए , उनले भने, ‘समितिमा छलफल चलिरहेको छ, त्यही पनि हाम्रो अनलाईनबाट पढाई भईरहेको छ । ’’हामीले विद्यार्थीको पठनपाठन पहिलो प्राथमिकतामा राखेका छौं,’ नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । कोभिडबाट उच्च सर्तकता अपनाउँदै पढाइ सुरु हुन्छ,’ उनले भने,’ विद्यालय संचालनका क्रममा असहजता लगायत व्यवस्थापनमा कठिनाइ आइपरे नगरपालिकाले पूर्ण सहयोग गर्छ ।’ विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको विद्यालय व्यवस्थापन समितिलाई अनुगमन गर्न लगाईएको उनले बताए ।

Show More

Related Articles

Back to top button