समाचारविचारUncategorized

४२ दिनका बालकमा कोरोना पुष्टि

पोखरामा ४२ दिनका बालकमा कोरोना पुष्टि भएको छ । यस अघि स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोखरा ४ का २० घण्टाका नवजात बालक भनेर जानकारी दिएकोमा कोरोना पुष्टि भएका बालक २० घण्टाका नभई ४२ दिनका भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. राम चन्द्र वास्तोलाले संक्रमित वच्चा ४२ दिनको भएको र उनको प्रतिष्ठानको एनआइसियु वार्डमा उपचार भइरहेको जानकारी दिए । बच्चालाई कडा खालको ज्वरो देखिएपछि शंका लागेर स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

“वच्चालाई ज्वरो देखिएर उपचार गर्दा कडा औषधीले समेत ज्वरो नघटेपछि एक्सरे गरेर हेर्दा वच्चामा हुने निमोनिय देखिएकोले शंका लागेर कोरोना परीक्षण गराएका थियौं , नतिजा पोजेटिभ देखियो,” डा. बास्तोलाले भने । वच्चालाई एनआइसियु वार्डमानै राखेर उपचार गरिने र त्यहाँ भएका अन्य वच्चाहरुलाई पोष्ट ओपरेटिभ वार्डमा राखेर उपचार गरिने उनले बताए । संक्रमित वच्चालाई स्वास्थ्यकर्मीको पुर्ण रेखदेखमा उपचार गरिने बताउँदै डा. बास्तोलाले वच्चाको उपचारमा कुनै कसर वाँकी नराखिने बताए । वच्चामा सक्रमण पुष्टि भएपछि वच्चका वावु आमाको समेत स्वाव परीक्षण गर्न लागिएको डा. बास्तोलाले जानकारी दिए ।

Show More

Related Articles

Back to top button