नेताहरु ज्वरो आउँदा समेत विदेशमा गएर उपचार गर्ने तर सर्वसाधरण जनताहरु सिटामोल खान नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अझै अन्त्य भएको छैन । विभिन्न सञ्चार माध्यमा स्वास्थ्य केन्द्र औषधीको अभाव भएको समाचार आईरहन्छन् । उता राज्यको खर्चमा विदेशका महंगो उपचार गर्न लागिएको खबर आईरहेका हुन्छन् । डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि धेरै पटक अनसन बसेपनि त्यो माग अझै पुरा भएको छैन । तर केही पालिकाहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएका छन् । यस्तो मध्येमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाईएको छ । आँबुखैरेनी बजारमा १५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याएपछि गोरखा, चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी, दुई जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिनु राम्रो काम हो । गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसंग सम्झौता गरी चैत्रदेखि आँखा उपचार सेवा प्रवाह गर्न थप राम्रो काम हो । उक्त सेवाका लागि भरतपुर आँखा अस्पतालले दुई जना र एक जना गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह गर्न लागेको बताईएको छ । आँबुखैरेनीले जस्तै देशै भरका पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ । किनकी स्वास्थ्य नै धन हो । नागरिक स्वास्थ्य भएनन् भने देशले योग्य नागरिक पाउन सक्दैन । विरामी नागरिकले योगदान दिन मुश्किल पर्छ ।
Related Articles
आदिकवि भानुभक्त क्याम्पसको स्ववियू निर्वाचन स्थिगित
March 19, 2023
तनहुँ क्षेत्र नं. २ मा २ पूर्व वनमन्त्री बिच कडा प्रतिस्पर्धा
November 9, 2022
तनहुँको भिमाद नगरपालिका बाझो जमिन नराख्ने अभियान सञ्चालन
February 23, 2023
Check Also
Close
-
‘डिसेम्बर फल्स’ का लागि नृत्य सिक्दै उपासना
December 29, 2020

