नेपाली बजार यतिबेला सबैभन्दा धेरै फूलको माग हुने गर्दछ । फूलै फूलको मौसम भनेर तिहारलाई भन्ने पनि गरिन्छ । फूल भनेका सौन्र्दयको प्रतिक हो । फूल कोमलताको प्रति पनि हो साथै फूलको सुगन्धले झन् मोहित बनाउँछ । तिहारमा फूलको मालाको माग धेरै हुन्छ । पहिला गाउँघरमा मखमली फूल र सयपत्री फूल तिहारको लागि आगनीको डिलमा फूलाइन्थ्यो । गाउँ छोड्ने र बजार सर्ने क्रम बढेसँगै सहरबासीलाई फूल किन्नु पर्ने बाध्यता भएको छ । फूल पहिला सौन्दर्यको लागि लगाउने गरिएकोमा हाल माग बढेसँगै व्यवसायिक रुपमा फूल खेती गर्ने गरिएको छ । बजारमा प्लाष्टिका फूल र भारतीय बजारबाट आउने फूलले गर्दा नेपाली बजार लिने गरेको पाइन्छ । तर नेपाल सरकारले भारतीय फूल आयातमा प्रतिबन्ध लगाएको छ । खुला सिमानाको कारणले गर्दा पनि फूल चोरीबाटोबाट पनि नेपालमा भित्रिन सक्दछ । हामी नेपाली आफ्नै कृषकको बारीमा गएर किन्ने र भारतीय फूललाई खरिद नगर्ने हो रकम विदेशिन रोकिन्छ भने नेपाली कृषकलाई खेती गर्न प्रोत्साहन मिल्दछ । छातिभित्र देशको माया छ भने हामीले स्वदेशी उत्पादन प्रयोग गर्ने गर्नुपर्छ । अतः तिहारमा पनि स्वदेशी फूल र मालाको प्रयोग गरौं । सरकारले पनि भारतीय बजारबाट फूल आयात रोक्न चेकजाँचमा कडाई गर्नुपर्छ ।
Related Articles
तनहुँमा चार हजार भन्दा बढीमा डेङ्गुको सङ्क्रमण, चार जनाको मृत्यु
October 8, 2023
गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारीमा चयन
September 12, 2022
आदिकविको घर पुर्ननिर्माणमा ढिलाई नगरौं
February 8, 2023
Check Also
Close
-
शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल र सचिवमा रुपा निर्वाचित
January 29, 2023

