विचारUncategorized

सागर उदासको ‘जम्काभेट’ भिडियो रिलिजको लागि तयार

प्रेम, जिवन र संघर्षको विषयमा कलम चलाउन खप्पिस गीतकार सागर उदासले ‘जम्काभेट’ बोलको गीतको भिडियो बजारमा ल्याउन लागेका छन् । सुदिप पौडेलको निर्देशनमा तयार भिडियो यहि शुक्रबार रिलिज गरिने उदासले बताएका छन् । संगीतकार हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाजमा रहेको छ ।

पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आर.भी सुनाम र सिमरन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षेत्रिको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको रहेको छ। हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छाया“कन र सम्पादन रमेश शर्माले गरेका छन् । रोशन शर्माको एसोसियट निर्देशनमा तयार भिडियोले सबैको मन जित्ने विश्वास लिइएको छ ।

Show More

Related Articles

Back to top button