हेडलाईनUncategorized

सांसद पन्थको प्रश्न– हाछ्युँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?

दमौली खबर संवाददाता
जेठ १० दमौली

नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्‍न गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै पन्थले प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले उनलाई भ्रममा पारेको समेते उनले बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरूले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको उनको भनाई छ ।

‘कसले झुटो कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पारे ? पुष्टि नभएका खबर कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ? हाँच्छ्यु साँच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो?’ सांसद पन्थले प्रश्न गरे ।

लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमानेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पिसिआरको दायरा बढाउनुपर्ने बताए ।

Show More

Related Articles

Back to top button