Uncategorized

देवघाटमा ४६ युवा उद्यमशील बने

दमौली खबर सम्बाददाता
चैत ५ , दमौली । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा सञ्चालन भएको उद्यमशिलता बिकास तालिमबाट ४६ जना युवाहरु उद्यमशील बनेका छन् ।
मंगलबार तालिमको समापनमा बोल्दै देवघाट गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत रमेश सुवेदीले देवघाट गाउँपालिका भित्रका व्यावसायिक गर्ने इच्छुक युवाहारुलाई लक्षित गरि व्यबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम गरेको बताए । उनले प्रशिक्षर्थिहरुलाई व्यवसायिक क्षेत्रमा अगाडी बढ्न आग्रह गर्दै व्यावसायिक गर्न इच्छुक व्यवसायीहरुलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने समेत बताए । कार्यक्रममा उद्यमशीलता बिकास तालिममा सहभागी ४६ जना प्रशिक्षर्थिहरुलाई कार्यक्रमका प्रमाणपत्र प्रदान गरिएको थियो । देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अधिकृत निल बहादुर के.स., प्रशिक्षक गौरव खतिवडा, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण पन्त र देवघाट गाउँपालिकका सुचना अधिकृत बिमल मल्ल लगाएतको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Back to top button