सम्पादकीय

समन्वय इकाइको राम्रो काम

सम्पादकीय

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको पहलकदमीमा तनहुँमा निम्न माध्यामिक तहको सामाजिक तथा अङ्ग्रेजी विषयमा परिक्षा दिन व्यवस्था गर्दा जिल्लाका यस परिक्षार्थीलाई सहज भयो । यसैगरी अन्य विषयहरुको पनि जिल्लामै व्यवस्था गर्न लाग्नु आवश्यक छ । जिल्लामै परिक्षा दिने व्यवस्था गर्दा यहाँका परिक्षार्थीलाई पोखरा जानु पर्ने बाध्यता हटेको छ । परिक्षार्थीलाई परिक्षा दिन सहज बनाउन तनहुँमा केन्द्र निर्धारण गरिएपछि सो बाध्यता हट्नु खुसीको कुरा हो । आयोगले शनिबार निमावि तृतीय श्रेष्णीको प्रतियोगितात्मक लिखित सामान्य परिक्षा लिएको थियो । जुन परिक्षा तनहुँबाटै दुई विषयका शिक्षकले दिन पाए ।

विस्तारको क्रममा रहेकोले पृथ्वीराजमार्गको यात्रा कठिन, धेरै परिक्षार्थीहरु हुँदा बस्नको लागि कोठा पाउन मुस्किल हुने जस्ता समस्या समाधानको लागि आयोगले तनहुँमा समेत केन्द्र निर्धारण गर्नु उपयुक्त छ । यस अघि गण्डकी प्रदेशको राजधानी पोखरा गएर परिक्षा दिनु पर्ने बाध्यता रहेको थियो । जिल्लामा २१ वटा केन्द्र निर्धारण गरिएको छ । सामाजिक तथा अङ्ग्रेजी विषयको गण्डकी प्रदेशका ११ जिल्लाका अतिरिक्त गण्डकी प्रदेशमा शिक्षक हुन चाहाना राखि परिक्षाका लागि फाराम भर्ने परिक्षार्थीले परिक्षा दिए । पाँच हजार पाँच सय परिक्षार्थीले परिक्षा दिए । तनहुँका केन्द्र सञ्चालन भएपछि तनहुँका अतिरिक्त मनाङ, लमजुङ, गोरखा र नवलपरासी जिल्लाबाट परिक्षा दिन आउनेलाई सहज भयो तर स्याङ्जा, कास्की, पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका परिक्षार्थीहरुलाई दुरी टाढा हुन पुग्यो । पोखरा तथा बाग्लुङमा पनि केन्द्र राख्ने हो भने त्यस क्षेत्रका परिक्षार्थीलाई सहज हुने थियो । खाना र बसाइमा महँगो रकम खर्च हुने, यात्रा गर्नुपर्दा भन्झटिलो हुने जिल्ला जिल्लामा रहेको समन्वय इकाइको व्यवस्थापन परिक्षा सञ्चालन गनुपर्ने माग परिक्षार्थीले राख्दै आएका थिए । सो मागलाई ध्यानमा राखि तनहुँमा केन्द्र कायम राख्न आग्रह गरिए बमोजिम तनहुँमा केन्द्र भए जस्तै हरेक जिल्लास्तरमा केन्द्र स्थापना गर्ने हो भने झन् सहज हुन्छ । परिक्षार्थीलाई सस्तो र सहज रुपमा परिक्षा दिने वातावरण बनाउन शिक्षक सेवा आयोग लाग्नु पर्दछ ।

Show More

Related Articles

Back to top button