हेडलाईनव्यासAll

वेद व्यास को परिचय

पुराणका प्रसिद्ध कथाहरूमा सत्यवतीको जन्मको वर्णन यसरि गरिन्छ। सत्यबती अप्सराको रूपमा जन्मिएकी माछाकी छोरी थिइन्। जब सुधन्व नामका राजाले आफ्नी पत्नी महिनावारी भएको खबर पाए। तब राजा आफ्नी पत्नीलाई छोडेर बन तर्फ गएका थिए । यो खबर सुनेपछि राजाले आफ्नो वीर्य निकालेर एउटा शिकारी चरा लाइ दरबारमा लैजानकाे लागि भने । त्यो चरा विर्य लिएर राजमहल तिर उड्दै थियो। त्यसैे वेला उसको अर्को चरा संग झगडा भयो र त्यो झगडा हुँदा राजमहल लान ल्याइएको राजाको विर्य समुद्रमा खस्यो जुन समुन्द्रमा एउटा सुंदर अप्सरा रूपी माछा थिइन्। ती माछाले वीर्य निलिदिइन्। त्यसरी विर्य निले पछी उनि गर्ववती भइन्।

 

एक दिन अचानक बोटेले गर्भवती माछा लाइ आफ्नो जालमा पार्यो। बोटेले माछा घर लिएर गएपछि जब माछा लाइ चिर्न थाल्यो तब त्यो माछा बाट एउटा छाेरा र अर्को छाेरी निस्किए। बोटे अच्चमित भयो र उसले दुइवटा बच्चालाई लिएर राजाको महलमा गयो। राजाले छाेरालाइ राख्नु भयो माछाको गन्ध आएकोले छाेरी लाइ बोटेको जिम्मा लगाउनु भयो। त्यहि बोटेले हुर्काएको छाेरी नै सत्यवती थिइन्। माछाको गर्भबाट जन्मेको भएकाले उनको शरीरबाट माछाको गन्ध आउँथ्यो । जसले गर्दा उनलाई मत्स्यगंधा पनि भनिन्छ।

 

सत्यवती हुर्किएपछि उनले मादि-सेतिमा मानिसहरूलाई डुङ्गा चढेर नदी तार्न मद्दत गर्न थालिन्। यसै क्रममा एक दिन महान ऋषि पराशर त्यहाँ आउनुभयो र सत्यवतीलाई नदी पार गरिदिन अनुरोध गर्नुभयो। नदी पार गर्दै गर्दा पराशर ऋषि सत्यवतीको सुन्दर रूप देखेर मोहित हुनुभयो र भन्नुभयो देवी ! “म तिमीसँग समागम गर्न चाहन्छु।” यो सुनेर सत्यवती चकित भइन् र भनिन्, “मुनिवर ! हजूर महान ऋषि हुनुहन्छ , र म साधारण केटी हुँ , त्यसैले यो सम्भव छैन। ” पराशर ऋषिले पटक पटक ईच्छा गर्नुभए पछि अन्ततः सत्यवतीले पराशर ऋषीको प्रस्तावलाई तीनवटा शर्त राख्दै स्वीकार गरिन् । उनको पहिलो सर्तमा थियो उनिहरु समागम गर्दा कसैले नदेखोस्। पराशर ऋषीले आफ्नो दैवी शक्तिले आफ्नो वरिपरि गहिरो कुहिरो सृजना गरे। त्यसै कारण दमौली वरिपरि अहिले पनि बाक्लो कुहिरो लाग्छ। दोस्रो सर्त आफूले बच्चा जन्म दिएपछि पनि कुमारी नै रहनुपर्ने। तेस्रो सर्त उनको शरीरबाट माछाको गन्ध सदाका लागि हट्नु पर्ने। पराशर ऋषिले सबै शर्त स्वीकार गर्नुभयो र माछाको गन्धलाई सुगन्धित फूलको बास्नामा परिणत परिणत गरिदिनु भयो। उनै परासर ऋषिको सन्तानका रुपमा मत्स्यगन्धा अर्थात् सत्यवतीको गर्भबाट वेद व्यासकाे जन्म भएकाे हो।

 

ऋषि व्यास जसलाई वेद व्यासकाे नाम बाट चिनिन्छ। उहाँले चार वेद (ऋग्वेद, अथर्ववेद, सामवेद र यजुर्वेद) लगायत १८ पुराण, महाभारत र श्रीमद्भागवत् गीताकाे रचना गर्नु भएको थियो। ।उहाँको जन्म व्यास नगरपालिका,दमौली नजिक मादी र सेतीकाे किनारमा भएको थियो। उहाँ थोरै कालो भएकोले उहाँलाई कृष्ण द्वैपायन पनि भन्ने गरिन्छ। व्यासको आमाले पछि गएर शान्तनुसँग विवाह गर्नुभयाे । जसबाट दुईवटा पुत्रकाे जाय जन्म भयो। जेठो चित्रांगद जो युद्धमा मारिनु भयो। कान्छो विचित्रवीर्य संतानहीन भएर मर्नुभयो। वेद व्यासले धार्मिक तथा वैराग्य जीवन बिताउनु भयो तर आमाको आग्रहले वहाँले विचित्रवीर्यकाे दुईवटै सन्तानहीन रानी (अम्बिका र अम्बालिक काशी राजाका छोरीहरू) संग नियोगकाे नियमबाट दुई पुत्रको जायजन्म गराउनु भयाे। जो धृतराष्ट्र र पाण्डु थिए। भने अर्का रानिबाट(दासी) उत्पन्न पुत्र बिदुर थिए।

Show More

Related Articles

Back to top button