समाचारAll

विद्यार्थीले खाजा खर्च कटाएर चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरे

दमौली खबर संवाददाता
व्यास नगरपालिका ११ स्थित चण्डेश्वरी आधारभूत विद्यायका ३१ जना चेपाङ बालबालिकालाई न्यानो कपडा र खेलकुदका सामग्री वितरण गरिएको छ । व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलका बालबालिकाहरुले वितरण गरेका हुन् । न्यानो कपडा पाउँदा विद्यार्थी खुसी भएका छन् ।
रामज्योति बोर्डिङ स्कुलमा गठित इन्ट¥याक्ट क्लब अफ रामज्योतिमा आबद्ध बालबालिकाहरुले चेपाङ सहित अन्य जनजातिका बालबालिकाहरुलाई ति सामग्री वितरण गरेका हुन । खाजा खर्च रकम कटाएर उनीहरुले चेपाङ बालबालिकाहरुलाई न्यानो कपडा र खेलकुदका सामग्री बाडेका थिए  । प्रिन्सिपल विपिन गौलीले इन्ट¥याक्ट क्लबमा आबद्ध बालबालिकाहरुले खाजा खर्च रकम कटौती गरी गरिब ति बालबालिकाहरुलाई सामग्री वितरण गरेको जानकारी दिनुभयो  । स्कुलका प्रिन्सिपल विपिन गौली, क्लबका अध्यक्ष सलिना बजगाइ, क्लबका सल्लाहकार शिक्षक कुशल गिरीले संयुक्त रुपमा ति बालबालिकाहरुलाई सामग्री वितरण गरेको चण्डेश्वरी आ.वि.का प्र.अ. मिलन आलेले बताउनुभयो । चण्डीभञ्ज्याङ टोलका अध्यक्ष जितमान दुरा, सर्जन आले, विपिन शाही, कुसुम दरै, चंखमान कायस्थ, मुस्कान गुरुङ, आशा श्रेष्ठ, प्रेजिता थापा, नम्रता सारु मगर, सुजिना आले लगायतकाले यस्ता कार्यक्रमले गरिब ति विद्यार्थीहरुलाई विद्यालय नियमित आउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
Show More

Related Articles

Back to top button