सम्पादकीय

विकास गर्दा विनास नगरौं

सम्पादकीय

विकासको क्रममा सावधानी अपनाउन आवश्यक छ । ठुला ठुला विकासको परियोजना तथा योजना निर्माणको लागि वातावरणीय प्रभावको मूल्याङ्कन गरेर नै काम अघि बढेका हुन्छन् । तर कतिपय अवस्थामा ठुला योजनामा समेत लापरबाही गरी विनास निम्त्याएको पाइन्छ । विशेष गरेर ठुला होस् या साना, गाउँमा होस् या सहरमा खनिएका सडकले धेरै प्राकृतिक विनास निम्त्याएको छ । सडक माथि र तलबाट पहिरो झर्दा र खस्दा बस्तीहरु नै जोखिममा परेको, घर भत्किएको, मानिसको मृत्यु भएको समाचारहरु सञ्चार माध्यममा आईरहन्छ । यसै क्रममा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरोको उच्च जोखिम भएको छ । सोही जोखिमले गर्दा बैकल्पिक मार्गबाट यातायात सूचारु गर्नुपर्ने तथा एक साईडमा यातायात सुचारु गर्ने गरिएको छ । शुक्रबार बिहान ११ः३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२ मिटर माथिबाट जमिन चिरा परेको घटना विशेष गरेर ठु्ला ठुलो डोजरले भित्तो खार्ने क्रममा जमिन धेरै हल्लिएर यस्ता जोखिम हुने गर्दछ । जोखिम कम हुने र जखिम रहेको स्थानमा सुरक्षाका विधिहरु अपनाउन ध्यान दिन आवश्यक छ । यात्रुले पनि जोखिम क्षेत्रमा यात्रा गर्दा विशेष ध्यान दिनु पर्दछ । रातको सममा सकभर यात्रा गर्नुहुँदैन । रातमा पहिलो खसेको नदेखिन सक्छ । जमिन चिरापरेकाले जुनसुकै बेला पनि पहिलो खस्ने भएकोले रातमा यात्रा गरेको बेला पहिरो खसेमा ज्यान जोगाउन कठिन हुन्छ । पानी परेको बेला र रातको समयमा यात्रा गर्नै पर्ने बाध्यता भएमा जोखिम क्षेत्रबाट यात्रा नगरी बैकल्पिक मार्गबाट यात्रा गर्नु आवश्यक । हतार गर्दा ज्यानै जान सक्छ भन्ने कुराको हेक्का राख्नु पर्दछ ।

Show More

Related Articles

Back to top button