हेडलाईनसमाचारAll

वडा कार्यालयद्धारा बालमन्दिर माविका विद्यार्थी न्यानो कपडा र स्टेशनरी वितरण

दमौली खबर संवाददाता
दमौली, मंसिर २१ ।
व्यास नगरपालिका–२ दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालय विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी समान मंगलबार प्रदान गरिएको छ । व्यास नगरपालिका वडा नम्बरले सो सामग्री प्रदान गरेको विद्यालयले जनाएको छ । न्यानो कपडा तथा स्टेशनरी समान पाएपछि विद्यार्थी खुसी भएका छन् ।
 वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यतामा साम्रगी हस्तान्तरण भएको थियो । सामग्रीको वडाध्यक्ष श्रेष्ठ वडा सदस्यहरु  रफत साना मिया, सबिता रसाइली , जगत बहादुर बानिया र वडा सचिव पम्फा बस्नेतले हस्तान्तरण गर्नु भएको थियो । स्विटर–५० जनालाई, स्टेसनरी –४१ जनालाई र  झोला –६ जनालाई प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो भने शिक्षक नन्दु थापाले सहजीकरण गर्नु भएको थियो । न्यानो कपडाको अभावमा विद्यार्थीलाई विद्यालयमा आउन कठिन नहोस् भन्ने उद्धेश्य सो सहयोग गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
Show More

Related Articles

Back to top button