Uncategorized

वडाध्यक्ष श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा पदक

दमाली खबर संवाददाता
फागुन १०

तनहुँ जिल्लाको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ प्रधानसेनापति प्रशंसा पदकबाट विभूषित भएका छन् । महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले वडाध्यक्ष श्रेष्ठलाई उक्त पदकबाट विभूषित गरेको हो ।


सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले वडाध्यक्ष श्रेष्ठलाई विभूषित गरेका थिए । नेपाली सेनाको विकास र सामाजिक काममा पु¥याएको योगदानको कदर गर्दै सेनाले वडाध्यक्ष श्रेष्ठलाई उक्त पदकबाट विभूषित गरेको बताइएको छ ।

Show More

Related Articles

Back to top button