हेडलाईनसमाचारAll

लागू औषध सहित महिला र पुरुष पक्राउ

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक २१ गते ।

तनहुँ प्रहरीले लागु औषध सहित महिला र पुरुष गरी दुई जना पक्राउ गरेको छ । व्यास नगरपालिका– १३ छाब्दी दोभानबाट आईतबार पक्राउ गरेको हो । बुद्धसिंह मार्गमा बेलबासबाट दमौली जाँदै गरेको ग २२ प ५८३६ नं को स्कुटरमा लागु औषध लुकाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

स्कुटर चालक व्यास नगरपालिका–३ बस्ने बर्ष ३२ को बुद्धिमान गुरुङ र पछाडी सवार व्यास नगरपालिका– २ भेटघाटचोक बस्ने बर्ष ३४ की सहिदा भन्ने सना खानलाई तत्काल नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । उनिहरुको शरिर तथा स्कुटरको डिक्की भित्र लुकाएको खाँडले जानकारी दिनुभयो ।

खाँडका अनुसार लागु औषध डाईपिजीयम को सिसी ३८ एम्पुल, बु्रफिन को सिसी ३५ एम्पुल र हाइड्रोक्लोराइड प्रोमेथाजिनको सिसी ३९ एम्पुल गरी जम्मा ११२ एम्पुल फेला पारिएको छ । दुवै जना विरुद्ध लागु औषध मुद्दामा तनहुँ जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको छ ।

Show More

Related Articles

Back to top button