समाचारAll

रेडक्रस तनहुँमा निर्वाचितलाई प्रमाणपत्र वितरण

दमौली खबर संवाददाता
दमौली, पुस १० ।   नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको ४० औं  बार्षिक साधारणसभा  तथा १३ औ जिल्ला अधिवेशनबाट निर्वाचितलाई प्रमाणपत्र वितरण गरिएको छ ।
सभापति प्रा.डा.कृष्णप्रसाद गौतम, उपसभापतिद्धय कमलभक्त पोख्रेल, नारायणी अधिकारी, मन्त्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्षमा प्रतापसिंह अधिकारी, उपमन्त्रीमा केशव भट्टराई, उपकोषाध्यक्षमा हरि सिग्देल, सदस्यहरु चिनु पोख्रेल, केशमाया गुरुङ (केसु), सरस्वती थापा, मधुरा श्रेष्ठ, विवेक न्यौपाने, विमल गिरी, सुमन थापा, केशवराज पोख्रेल, कृष्णराज न्यौपाने, विपिन्द्रसेन ठकुरीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
 सबै पदहरुमा सर्व सम्मत निर्वाचित भएका थिए  । निर्वाचित कार्य समितिलाई आईतबार एक कार्यक्रमको बीच प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र वितरण पछि निर्वाचन अधिकारी तथा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति इन्द्रबहादुर रिमालले सपथ खुवाउनु भएको थियो । प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथिमा गण्डकी  प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा रहनु भएको थियो । सो अवसरमा मन्त्री विकले रेडक्रस तनहुँ देशकै उत्कृष्ट शाखाको रुपमा आफ्नो पहिचान बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो । तनहुँमा ब्लड बैंकको स्थापना गरेर जिल्लाका विरामीलाई सहज रुपमा रगत प्राप्त गर्ने कार्यमा सबै मिलेर लाग्नु पर्ने बताउनुभयो । साथै मन्त्री विकले रगत किन्नुपर्ने अवस्थाको अन्त्य गरिनु पर्ने हुँदा गण्डकी प्रदेश सरकारले विरामीलाई रगत निशुल्ने दिने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुष्ठनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रेडक्रस तनहुँका निर्वमान सभापति कृष्णहरी वाग्ले लगायतले बिपतको सम्बन्धमा रेडक्रसको नेतृत्वमा सबैजना हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
Show More

Related Articles

Back to top button