समाचार

रास्वपाको विज्ञप्तिमा केन्द्रको लागि सार्वजानिक जग्गाको प्रयोग गर्न रास्वपाको माग

व्यास नगरपालिकाले सरसफाई व्यवस्थापनको लागि जग्गा खरिद गर्ने क्रममा नगरपालिकाकै कर्मचारीले बदमासी गरेका अडियोमा खुलासा भएपछि त्यसको छानबिन गर्न राजनीतिक पार्टीहरुले छानबिन गर्नुपर्ने माग पार्टीहरुले गरिरहेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस विज्ञप्ति मार्फत माग राखेका हुन् ।

रास्वपा व्यास नगर समितिले केन्द्रको लागि रकम खर्च आवश्यक नभएको जनाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिका सभापति चुडामणी। दाहालद्धारा मङ्गलबार जारी विज्ञप्तिमा सार्वजानिक जग्गा प्रयोग गरी रकम खर्च नर्गन आग्रह गरिएको छ ।

व्यास १ वडा भवन बनाउने कममा पनि सार्वजनिक रुपमा रहेको जग्गामा वडा भवन बनाउन मिल्ने अवश्था हुँदा हुँदै पनि प्राविधिक रुपमा मिल्दैन भन्न लगाएर, जनताको कुरा नसुनेर व्यास नगरले हाइटेन्सन मुनिको जग्गा खरिद गरि भवन बनाएको कुरा र पछि स्वास्थ्य चौकी सोही सार्वजनिक ठाउंमा वनेको कुरा सवैविदितै भएको विज्ञप्तिमा उल्लेख छ । सर्वदलिय बैठकमा निःशुल्क रुपमा प्राप्त हुने जग्गा भनेर सहमति गराई पछि आलेटाले गरि सबै जग्गा खरिद गरेको कुराले नगरपालिका अन्य जनचासोका विकास निर्माणलाई छोडेर जग्गा खरिद गर्ने र बहुउदेश्यीय लगायतका अनावश्यक भवन निर्माण गर्ने कुरामा बढी केन्द्रित भएको आरोप लगाईएको छ । विज्ञप्तिमा भनिएको छ– ‘शुरुदेखि नै सार्वजनिक जग्गा उपलब्ध हुँदा हुँदै रकम तिरेर जग्गा प्राप्ति गर्न व्यास नगर लागि परेको देखिन्छ । अहिले फोहोर व्यवश्थापनको सम्बन्धमा पनि सार्वजनिक जग्गाको खोजी नगरि शुरुमा मंगली गैरा हुदै जसरी पनि जग्गा खरिद गर्न लागि पर्नुले कतै आर्थिक चलखेलले भूमिका त पाएको होइन भन्ने प्रश्न उब्जिएको छ ।’ साथै यस प्रकरणमा जग्गा धनीको, जनप्रतिनिधिको, कर्मचारीको संधियारा र स्थानीय जनताको साथै जग्गा बेचेर पनि आफ्नो पैसा नपाएका जग्गाधनीको आ–आफ्नै धारणा भएको यी सबैको धारणा आउनु पर्छ र नगरवासी सबैले थाहा पनि पाउनु पर्दछ भनि विज्ञप्तिमा उल्लेख छ । जग्गा खरिद प्रक्रियासँग सम्बन्धित सार्वजनिक भएका अडियो लगायतका तथ्यहरुको निस्पक्ष छानविन गरि, विषयान्तर नगरी, सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

 

यस अघि नेपाली कांग्रेसका नगर सभापति सूर्यचन्द्र हड्खलेद्धारा जारी गरिएको विज्ञप्तिमा छानबिन समिति गठन गर्नु पर्ने माग राखिएको थियो । विज्ञप्तिमा व्यास नगरपालिकाको उपप्रमुख, जग्गा व्यवस्थापन समितिका संयोजक सहित वडाध्यक्ष ज्यूहरु लगायत जनप्रतिनिधी, तनहुँ उद्योग वाणिज्य सङ्घ, र सरोकारवाला लगायत सहभागी भई व्यास नगरपालिका सरसफाई जग्गा व्यवस्थापन समितिको आयोजनामा गरिएको गरिएको पत्रकार सम्मेलनबाट बाहिर आएका आएको विषयमा गंभिर ध्यानाकर्षण भएको उल्लेख छ । व्यास नगरपालिकाकाको दीर्घकालिक गौरवको ‘‘सरसफाई व्यवस्थापन केन्द्र निर्माण आयोजना’’ को कार्यान्वयन समस्या र चुनौतीहरुको सम्बन्धमा फागुन १७ गते गरिएको पत्रकार समक्ष सार्वजानिक विषयमा सत्यतथ्य कुरा प्रकाशनमा आएको उल्लेख गर्दै यस घटना प्रति नेपाली कांग्रेस व्यास नगर समितिको गंभिर ध्यानाकर्षण भएको जनाईएको छ ।

 

यसैगरि नेकपा एमाले व्यास नगर कमिटिका अध्यक्ष तुलसीराम पाण्डेले विज्ञप्ति प्रकाशिन गरि व्यास नगरपालिकाको बारेमा विगत दुई सातादेखि चलिरहेको चर्चा परिचर्चा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सरसफाई व्यवस्थापन जस्तो गम्भिर विषयको लामो समयसम्म व्यवस्थापन नहुनु, हरेक पटक केही गर्न लाएको जस्तो देखिनु तर परिणाम शुन्य हुनु, जग्गा खरिदको विषय स्वार्थ केन्द्रीत हुनु, यस्तो संवेदनशिल विषयमा जनप्रतिनिधि र कर्मचारी विभाजित हुनु गम्भिर विषय भएको भन्दै विज्ञप्तिमा तनहुँको सदरमुकाम दमौलीमा रहेको महर्षी ऋषिको नामबाट स्थापित व्यास नगरपालिका विकासको गतिमा जसरी अगाडी बढ्नुपर्ने हो त्यसरी बढ्न नसकिरहेकोमा नगरवासीहरुको चिन्ता र चासो सधै यथावत रहेको जनाईएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीको व्यास नगरपालिकाको गतिविधीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा माओवादी व्यास नगर कमिटीका अध्यक्ष गोपाल सुर्खालीले प्रेस विज्ञप्ती जारी गर्दै व्यास नगरपालिकाले फोहोर व्यवस्थापनको लागि जग्गा खरिद गर्ने बारे भईरहेको क्रियाकलापका सन्दर्भमा जनप्रतिनिधि र कर्मचारी संयन्त्रले एकअर्कालाई दोषारोपण गर्ने काम आफैमा शोभनिय सो विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

व्यास नगरपालिकाले सरसफाई व्यवस्थापनको लागि जग्गा खरिद गर्ने क्रममा नगरपालिकाकै कर्मचारीले बदमासी जनप्रतिनिधीले पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा कमिसनको लागि कर्मचारीले बदमासी गरेको अडियो सार्वजानिक गरिएको थियो । पत्रकार सम्मेलनमा सरसफाई जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले अडियो सार्वजानिक गर्नु भएको थियो । वरिष्ट आन्तरिक लेखा परिक्षण (आलेप) अधिकृत कुमार कन्चन जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पुरा हुने गोप्य अडियो रेर्कड सुनाईएको थियो । रकम नपाएको अवस्थामा वडा नम्बर १३ स्थित इश्वर पन्थको फमको नाममा रहेको सो जग्गालाई बैंकबाट लिलाम गराई सस्तोमा खरीद गरी रिर्सोट सञ्चालन गर्न सकिने, आश्रम तथा जग्गा प्लटिङ गरि घर निर्माण गरी बिक्री गरी नाफा कमाउन सकिने अडियोमा छ । सरसफाई शाखाका प्रमुख कृष्णराज घिमिरे, जग्गा दलालीले गरेको षडयन्त्र, अधिवक्ता विश्व वास्तालाले जग्गा खरिद कार्य रोक्ने तरिकाको बारेमा कानुनी परामर्श दिएको अडियो सार्वजानिक गरिएको थियो ।

Show More

Related Articles

Back to top button