हेडलाईनसमाचारAll

राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य ः राष्ट्रपति पौडेल

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ३ गते

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–११ तनहुँसुर स्थित ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन गर्दै पौडेलले प्रतिबद्धता व्यवहारमा उर्तानु पर्ने बताउनुभयो ।

जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल हो भन्नुभयो । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएकोमा जोड दिनुभयो । तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु हाम्रो प्रमुख दायित्व भएको धारणा व्यक्त गर्नुभयो । “अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कदै छन्”, उहाँले भन्नुभयो ।

Show More

Related Articles

Back to top button