Uncategorizedविचार

युद्धस्तरमा खट्ने ‘स्वास्थ्य सिपाही’

सविन लामिछाने,

अब कति दिन यसरी काममा खटिनुपर्छ ? कुनै डेटलाइन थिएन । तर, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले हिम्मत हारेनन् । जनप्रतिनिधि र अन्य स्वास्थ्यकर्मीको साथले काम हुँदै गयो । समय र परिस्थितिले सोतीलाई धेरै कुरा सिकायो । अनी जीवनमा कहिल्यै नभोगेको अनुभव पनि दिलायो ।

‘समाज भित्रको कुरुप तस्बिरलाई पनि यसैबेला नियाल्न पाइयो’उनले अनुभव सुनाउँदै भने,‘रोगसँग भन्दा पनि समाजसँग डराउनुपर्ने अवस्था आयो । संक्रमित नभएका व्यक्तिका बारेमा समेत हल्लाहरु फैलिँदा रहेछन् ।’ हल्लाहरु समयसँगै हराउँदा रहेछन् । समाजले स्वास्थ्यकर्मीलाई संक्रमित नहुँदा पनि संक्रमित सरह व्यवहार गरेको अनुभव सोती सँग छ ।उनले भने ‘घरमा परिवार छन् तर घर जान पनि पाएको छैन । ’ उनको घरमा बा आमा, छोराछोरी र आफनो जीवन संगीनी छन् । उनले यस अघि भने, ‘नगरप्रमुख वैकुण्ठ न्यौपाने बाट कोरोना नियन्त्रणको युद्धमा धेरै हौसला प्राप्त भएको छ । ’

दमौली अस्पतालकी स्टाफ नर्स सुस्मिला खनाललाई केही समय घाँटी दुख्यो । भित्र भित्रै मन तरङ्गीत हुँदै गयो । कतै कोरोनाले त भेटेन ? आफनो कोरोना परीक्षणको लागि स्वाव दिईन् ।‘मेरो चाँही तीन पटक हो । खै यसपाली के हुन्छ’स्वाब दिने बेलामा खनालले भनेकी थिईन् । रिपोर्ट नेगेटिभ आयो । पछि घाँटी दुख्न पनि छोड्यो । उनि १४ दिन आईशोलेसनमा खटिएकी हुन्छिन् भने १४ दिन क्वारेन्टीनमा बस्छीन् । उनले भनिन्,‘केही लक्षण देखिएमा डर लाग्छ, अनि रिपोर्टको प्रतिक्षा गर्छु । उनले थपिन्,‘रिपोर्ट नेगभेटिभ आएपछि खुसी लाग्छ, अनि फेरी आफनो कर्म तिर लाग्छु । ’ तनहँु जिल्लामा पहिलो कोरोना संक्रमित भेटिँदा त्रास जस्तै माहोल बन्यो । व्यास १ स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसको क्वारेन्टाईनमा भारत बाट आई बसेका ऋषिङ गाँउपालिकाका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भयो ।

त्यसपछि जिल्लाका चिकित्सकहरुलाई आईशोलेसनमा खटाउन सुरु गरियो । संक्रमीतको संख्या बढ्दै गयो अनि जिल्लामा आईशोलेसनको बेड थपिदै गए । यता स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीलाई जिल्लामा संक्रमीत थपिने बित्तिकै फोन आउछ । अनि फोन गर्नेले सोध्छन् ।‘आज भेटिएको संक्रमीतको को हो, कहाँको हो, कस्तो हो । ’ अनि उनले एउटै जवाफ दिन्छ् ,‘परिचय भन्न मिल्दैन, उनि चाँहि यो आईशोलेसनमा छन्, स्वास्थ्य अवस्था ठिक छ । ’ संक्रमीत थपिने बित्तीकै संक्रमीत व्यवस्थापनमा खटिन्छन् स्वास्थ्यकर्मी । कोरोनाको हल्ला सुरु भएको चैतको पहिलो हप्ता बाट अधिकारी आफनो घर जान भ्याएका छैनन् । आँबुखैरेनी गाँउपालिकामा उनको घर छ । उनले भने, ‘सुरुका दिनमा त अब बाँच्ने दिन थोरै छन् की भन्ने जस्तो लाग्थ्योे ।’ उनले थपे,‘काम हुँदै गयो । हरेक दिन बिहान हुँदै गयो । अहिले सम्म केही भएको छैन ।’ यसरी दिन रात नभनि आफनो कर्म खटिएका स्वास्थ्यकर्मीहरुलाई स्थानिय तहले प्रोत्सान र सम्मान गर्न आवश्यक छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button