पत्रपत्रिकाबाटविचार

मेरो स्मरणमा खुम बहादुर खँड्का

गोविन्द राज जोशी | 
खुम बहादुर खँड्का नेपाली राजनितिमा अपरीचित नाम होइन । राजनितिमा चासो राख्ने जो कोहिले पनि उहालाइ चिन्दछन । नेपालको मध्यपश्चिम क्षेत्रको दाड. जिल्लामा २००८ सालमा जन्मनु भएका खडका सानै उमेर देखि राजनितिमा कृयाशिल हुनुहुन्थ्यो । २०१७ सालको राजनैतिक परीवर्तनले पंचायतको विकाश सगै नेपालीहरुमा पंचायतका बिरुद्ध नकारात्मक प्रभाव वडदै गयो । त्यो प्रभावले खुमवहादुर खडकालाई प्रभाव पार्नु स्वभाविकै थियो । यहि विद्रोहि मानसिकता लिएर उहा भारत वनारस पुग्नु भयो । उहा वनारस पुग्दा वी. पी. कोइराला लगायत कांग्रेसका धेरै नेताहरु संग उहाको सम्पर्क र सम्वन्ध विकसित हुदै गयो । वी. पी. कोइराला भारत निर्वानमा पुग्दा त्याहा वर्षैा निर्वासन जिवन विताईरहेका कांग्रेसका नेता कार्यकर्ताहरुमा अव नेपालमा चाडैन प्रजातन्त्रको पुनस्र्थापना गर्न सकिन्छ भन्ने उत्साह वडेको थियो । यहि वातावरणमा होमिन पुग्नु भएका खडका वनारसमा आफनो अध्ययनको साथै नेपाली कांग्रेसको राजनितिमा पनिे सकृयता वडाउदै जानु भयो ।

वी. पी. कोइराला ८ वर्ष लामो जेलजीवन पछि जेलवाट छुटना साथ भारत निर्वासनमा जानु भएको थियो । भारतमा उहा वनारसमा रहनु भएको हुदा स्वभाविक रुपमा वनारसमा अध्ययन गर्ने विद्यार्थीहरु र पार्टिका नेता कार्यकर्ताहरुमा उहाको प्रभाव वडनु स्वाभाविकनै थियो । त्यसमा पनि वी. पी. कोइराला कार्यकर्ताहरुलाइ आफनो परीवारका सदस्य भन्दा पनि ज्यादा माया देखाउने हुदा उहा संग मानिस प्रभावित नहुने कुरै थिएन । खुमवाहादुर खडका वी. पी. को त्यहि प्रभावका कारण वनारसमा वी. पी. कोइरालाको परीवारको सदस्य सरह भएर उच्च शिक्षाको अध्ययन गर्दै नेपाली कांग्रेसको गतिविधिमा सकृय हहुनु भयो । वी.पी. कोइरालाले २०२५ साल फाल्गुण १ गते विराटनगरमा पत्रकारहरु संग कुरा गर्दै भन्नु भएको थियो ू यदि अहिसात्मक उपाय दारा परीवर्तन हुदैन भने परीवर्तन हिसात्मक हुन्छ चाहे कसैले यसलाइ रोक्ने प्रयत्न किन नगरोसू ( नेपाली कांग्रेसको सशस्त्र आन्दोलन डा.. गोविन्द मान सिंह कार्की ) यहि परीस्थिितिमा वी. पी. कोइरालाले २०२६ साल तिर नेपालमा १ वर्ष भित्र सशस्त्र क्रान्ति गर्दछु भनेर वक्तव्य दिनु भयो । त्यस पछि नेपाली कांग्रेसको राजनिति चरम उत्कर्षमा पुगेको थियो । वी. पी. कोइरालाको आव्हानमा भएको यसपटकको सशस्त्र आन्दालनका कारण धेरै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफनो जीवन वलिदान गर्नु प¥यो भने कतिपय नेता तथा कार्यकर्ताहरु जेलमा परे र कति भारत निर्वासनमा वस्नु भयो ।

वी. पी. कोइरालाले राष्ट्रिय अन्तराष्ट्रिय परीस्थितिको विष्लेषण गरेर रणनितिमा परीवर्तन गरी २०३३ साल पौष १६ गते आफना साथिहरु गणेस मान सिंह , राम वावु प्रसाई ,शैलजा आचार्य ,निलाम्वर पन्थि र खुम वहादुर खडकाका साथ नेपाल फर्कनु भयो । .नेपाल फर्कना साथ उहाहरुलाइ त्रिभुवन विमानास्लवाटै गिरफतार गरी ज्यान समेतका विभिन्न मुद्धाहरु लगाइयो । यी सवै चुनौतिहरुलाई सामना गर्दै खडका २०३६ सालमा जनमत संग्रहको वेला आम माफी पाएर जेलवाट निस्कनु भयो । देशमा अलिकति खुल्ला वातावरण भए पछि खुमवहादुरजी खुल्ला राजनितिमा सकृय हुनु भयो । २०४६ सालको परीवर्तन पछी दाड जिल्ला वाट उहा पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित हुनु भयो । हामी दुवै जना नेपाली कांग्रेसमा कृयाशिल रहे पनि उहा निर्वासनमा रहनु भएको हुदा र म नेपाल भित्रै रहेर प्रजातन्त्रको लागी संघर्ष र नेपाली कांग्रेसको संगठनमा लागेको हुदा उहाको र मेरो सम्वन्ध त्यतिखेर सामान्य थियो । प्रतिनिधि सभामा निर्वाचित भए पछि मात्रै उहा र मेरो विचमा निकटता भएको हो । त्यसैले एउटा मित्रको हैसियतले र एउटै पार्टिको कार्यकर्ता भएको कारणले उहाका वारेमा ०४८ साल अघिको उहाको र मेरो संम्वन्घ औपचारीक मात्र थियो । २०४६ सालको आन्दोलन पछि हामि दुवैजना प्रतिनिधि सभा र मन्त्री मण्डलमा सगै भएको हुनाले हामि विच घनिष्टता थियो । धरै समय केन्दिय समिति ,मन्त्री मण्डलमा सगै रहेको हुनाले हामी एक अर्कालाई राम्ररी चिन्हे र वुझने मौका मिल्यो ।
खुमवहादुर खडका धेरैन सिधा स्वाभावको मानिस हुनु हुन्थो । त्यहि कारण उहा संग निकट रहेका मानिसहरुलाई आफुुले प्रयोग गरेको छु भन्ने भान उहालाई थियो । तर ती सवैले उहालाई आफनो स्वार्थ पुरा गर्न प्रयोग गरी राखेका हुन्थे । उहाले राजनितिमा जसलाई विश्वास गर्नु हुन्थेन त्यसलाइ गर्नु भयो , जसलाई विश्वास गर्नु पर्दथ्यो त्यसलाइ विश्वास गर्नु भएन । त्यसैले राजनितिमा उहा सफल हुन सक्नु भएन । उहा ठिक वाटो हिडनु भएको छैन भन्ने लागेर एक दिन विजय गच्छेदार र मैले गौरीघाटमा उहाको कुनै नातेदारको घरमा वसेर धेरै कुरा सम्झाएको मलाई अहिले पनि याद हुन्छ । उहाले हाम्रो कुरा मान्नु भएन । त्यसको परीणाम उहालाई त धेरै नोक्सान भयो । नेपाली कांग्रेसलाई पनि ठुलो नोेक्सान भएको छ ।

उहाको सवभन्दा ठुलो कमजोरी उहाको राजनैतिक अस्थिरता हो । गिरीजा वावुले मन्त्रीवाट निकाले पछि उहा गिरीजावावु संग संझौता होईन वदला लिने प्रयासमा लाग्नु भयो । यदि उहा र विजय गच्छेदार न गएको भए सेरवहनदुरजीले कांग्रेस पार्टि फुटाउन सक्नु हुदैनथ्यो र कांग्रेस पार्टिको अहिलेको अवस्था पनि हुदैनथ्यो । पार्टि फुटयो उहा महामन्त्री हुनुहुन्थो । त्यहा पनि उहा धेरै दिन टिकनु भएन । फेरी उहा गिरीजा वावुले नेतृत्व गरेको पार्टिमा फर्कनु भयो । यता पनि शुशिल कोइराला संग उहाको कुरा मिल्दैनथ्यो । पार्टि मिल्यो । फेरी उहा सेरवहादुर देउवाको क्याम्पमा जानु भयो । त्याहा पनि उहा संतुष्ट हुनु भएन । उहा हस्पिटलमा भर्ना हुने दिनमा म उहाको घर सानेपामा गएको थिया । उहालाई मैले धेरै निरास पाया । उहामा धेरै असन्तुष्टिहरु थिए । उहा र म एकलै धेरै वेर वस्यौ । दिल खोलेर धेरै कुरा गर्न सकेनौ । उहाले भन्नु भयो जसलाई हामिले जिवन दियौ तिनैले हामिलाई ठुलो धोका दिए । उहाको त्यो भनाइ को तिर लक्षित थियो मैले वुझेको थिया । म थप वोलेर उहालाई थप पिडा दिन म चाहदैनथे । म चुप चाप सुनि रहे । त्यस पछि उहाका वाक्यहरु रोकिए केहि वोल्नु भएन । मैले पनि थप केहि भनिन । साएद हामि दुवैको मन मस्तीस्कामा विगतका यादहरु आइरहेका थिए । नवोली नवोली एक अर्कामा पिडाको अनुभवलाइ साटासाट गर्दै म फर्किए । फर्के पछि मैले तत्काल भेटिएका केहि साथिहरुलाई भने खुमवहादुरजीको अवस्था मैले राम्रो देखिन । नभन्दै उहा फेरी अस्पतालवाट घर फर्कनु भएन । अन्तत उहाको २०७४ साल चैत्र १६ गते निधन भयो ।

खुमवहादुर खडकालाई मैले धेरे नजिकवाट चिन्हे मौका पाया । २०४६ साल पछि नेपालको राजनितिक घटना क्रममा उहाको धेरै ठुलो भुमिका छ । उहाको जीवनको अन्त सम्म पनि उहा विनाको कांग्रेस कांग्रेस भएर रहन सक्दैनथ्यो भन्ने सवैलाइ महसुस हुन्थ्यो । उहा नेपाली कांग्रेसको एउटा जीउदो हस्ति हुनुहुन्थ्यो । के उहालाइ जति आलोचना गरीयो त्यति आलोचना गर्न उचित थियो त ? जिवनको कलिलै उमेरमा प्रजातन्त्रको स्थापनाको लागी भारत निर्वासति हुनु भएका खडका, देशमा प्रजातन्त्रको स्थापनाको लागी जिवनको परवाह नगरी ससस्त्र आन्दोलनमा हुमिनु भएका खडकाको के नेपालको निर्माणमा कुनै योगदान नै थिएन ? स्वयं वी. पीं कोइरालाले २०३३ पौष १४ गते भारतमा पत्रकार सम्मेलन गरी भन्नु भएको थियो म भारत वसेर ढिलो मर्न भन्दा नेपालमा गएर चाडै मर्न चाहान्छु । त्यसरी ज्यानको वाजी लाएर वी. पी. कोईराला संगै चाडै मर्न तयार भइ नेपाल फर्कनु भएको खुमवहादुर खडकाको मुल्याडकन यहि होत ? कहिले काहि एकलै वसेर सोच्दा अचम्म लाग्छ । मानिसहरु रजनैतिक दलका नेताहरुको खुव आलोचना गर्दछन । के ति आलोचकहरु खुम वहादुर खडका जस्तै जेल वस्न , निर्वानमा वस्न र मारे मार भनेर सरकारलाइ चुनौति दिएर ज्यान मुदाको सामना गर्दै जेल वस्न तयार हुन्छ ? मैले ञहा एउटा कुरा भन्नै पर्दछ राजनिती पनि राजनितिको परीक्षा उत्त्र्णि नगरेको व्यक्तीले राजनिति गर्न सक्दैन । ५२ हण्डर ५३ ठक्करर नखाई त्यो परीक्षा उत्तिर्ण गर्न सकिदैन । त्यसैले खुम वहादुर खडकामाथि नेपाली कांग्रेस पार्टिले त धेरै ठुलो अन्याय गरेको थियोनै नेपाली समाजले पनि जसको अधिकारको लागी उहा जीवन भर दुख गर्नु भयो उहा प्रति न्याय गरेन भन्ने मलाइ लाग्दछ ।

अन्तमा
आज खुमवहादुर खडका हामी माझ हुनुहुन्न । उहाको अल्पायुमानै निधन भयो भन्नु पर्दछ । सायद अझै वाचेको भए केहि गर्न सक्दथे भन्ने उहामा आट थियो ,प्रतिवद्धता थियो । त्यो पुरा भएन । उहाले जस जसलाई भरोसा गर्नु भयो , जसलाइ विश्वास गर्नु भयो त्यसैवाट धेरै ठुलो धोका खानु भयो । राजनिति गर्नेको पीडा राजनिति नगर्नेहरुलाइ थाहा हुदैन । राजनिति गर्ने पनि मानिस हुन । उनिहरुले गल्ति गर्दछन । उनिहरुले गल्ति गरे भने प्रतेक ५ वर्षमा त्यसको सजाय जनताले दिन्छन । राजनिति सजिलो हुदैन । राजनिति गर्ने मानिसले विहान उठे देखि राति सुत्ने वेला सम्म भोग्नु पर्ने समस्याको ज्ञान सवैलाइ हुदैन । खुमवहादुर खडकाको जिवनीवाट सिक्नु पर्ने कुरा के हो भने मानिसको कोहि अफनो हुदो रहेनछ ।
अन्तमा मेरा परम मित्र खुम वहादुर खडकाको स्मरणमा प्रकाशन हुन लागेको स्मारीकामा म यो लेख मार्फत उहाप्रति हार्दिक श्रघान्जली अर्पण गर्दछु ।
( लेखक नेपाली कांग्रेसका पुर्व सह महामनत्री र वीपी विचार राष्टिय समाजका सह सभापति हुनुहुन्छ ।)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button