समाचारनगरपालिका

मालोत कार्यालयलाई व्हिलचियर प्रदान

दमौली खबर संवाददाता

दमौली, वैशाख ११

जिल्ला मालपोत कार्यालय तनहुँलाई व्हिलचियर प्रदान रिएको । लायन्स क्लब अफ काठमाडौ म्याग्दि बेनिको सहयोग तथा लायन्स क्लब अफ तनहुँ दमौलीको समन्वयमा एक थान व्हिल चियर प्रदान गरेको हो । वद्ध, अशक्त र अपांगता भएका सेवाग्राहीलाई कार्यालयमा आउँदा सेवा लिन सहज होस् भन्ने उदेश्यले व्हिल चियर प्रदान गरिएको लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष ओमराज श्रेष्ठले बताउनुयभो । लायन्स क्लब अफ तनहुँ दमौलीका पुर्व अध्यक्ष सरोज भण्डारीले मालपोत कार्यलय तनहुँका प्रमुख केशव सुबेदीलाई व्हिल चियर हस्तान्तरण गर्नु भएको थियो ।

व्हिल चियर प्राप्त भएपछि वृद्ध र अपांगता भएका नागरिकलाई सेवा दिन सहज हुने बिश्वास गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष वसन्त गिरी , सचिव सुदिप न्यौपाने ,कोषाध्यक्ष सञ्जिव अधिकारी लेखापढी व्यवसायी महेन्द्र अधिकारी, नगेन्द्र पौडेल लगायतको मालपोत कार्यालयलाई अपाङमैत्री बनाउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Back to top button