विचार

मानहँुकोटमा माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु,

जिल्लाको व्यास नगरपालिका वडा ५ मानहँुकोट जाँदै गरेको माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु भएको छ । सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर पोखराबाट मानहँुकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको हायस मानहँुकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सामा पोखरा महानगरपालिका तल्लो गगनगौडाकीख २८ वर्षीया सुनिता गुरुङ मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।उनको उपचारको क्रममा दमौली स्थित रहेको रत्नहरि अस्पतालमा मुत्यु भएको प्रहरीले् जनाएको छ । त्यस्तै दुद्र्यटनामा परेर ८ जना घाईते भएका छन् । उनिहरुको रत्नहरि अस्पतालमा उपचार जारी रहेको छ । मानहँुकोट पुग्ने बेला ढलान गरिएको उकालोमा ब्याक भएर उक्त दुद्र्यटना भएको बताईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमुख रेशमबहादुर रानाभाटका अनुसार उकालोमा उक्लन नसेपछि चालकले माईक्रो छोडेर झरेका थिए । चालक सँगै अन्य यात्रुपनि झरेका थिए । त्यसपछि गाडी अचानक ब्याक भएर भीरबाट खस्यो । गाडीभित्रै रहेका तल्लो गगनगौडाकी २८ वर्षीया सुनिता गुरुङ, चालककी श्रीमती र दुई बच्चा पनि सँगसँगै गाडीबाट खसे । माईक्रोमा १४ जना सवार रहेका थिए । आफन्तहरु मिलेर मानहँुकोट घुम्न आएका थिए । माईक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ । पछिल्लो समय निकै चर्चामा आएको मानहुँकोटमा रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

दशैं विदाको बेला पर्यटकहरुको अत्यधिक भीड भएपछि आगन्तुकहरुको कोटा तोकिएको थियो । यसैबीच नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । शोकवक्तव्य प्रकाशित गदै दुद्र्यटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गदै घाईतेको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले मानहँुकोट आउने सम्पूर्ण पर्यटकलाई सडक निर्माणधीन अवस्थामा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

Show More

Related Articles

Back to top button