दमौली खबर संवाददाता
७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल मानव अधिकार सङ्गठन, तनहुँद्वारा जिल्ला कारागार, तनहुँमा रहेका कैदी बन्दिहरु सँग साक्षात्कार कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा जिल्ला कारागारको हालको भौतिक अवस्थाको गहन अवलोकन गरिएको थियो ।
१३५ जना क्षमता रहेको उक्त कारागारमा हाल ३०३ जना बन्दि रहेका छन् जसमध्ये १८६ जना थुनुवा र ११७ जना कैदि रहेको जानकारी कारागारका निमित्त प्रशासक श्री नारायण अधिकारीले गराउनु भएको थियो । हाल उक्त कारागारमा बन्दिहरुका लागि ३ वटा भवन रहेकोमा २ वटा भवनमा पुरुष र एउटा भवनमा महिला कैदि राखिएको छ ।
कारागारको ब्लक ‘बी’ मा टिम नेपोको सहयोगमा प्राप्त पुस्तकहरु र आबँखैरेनी नगरपालिकाको सौजन्यबाट किताब राख्ने प्राप्त दराजबाट कारागार सुधार पुस्तकालय सञ्चालन, व्यास नगरपालिका सहित विभिन्न पालिकाहरुको सहयोगमा खाट प्रदान, हरेक कोठामा टेलिभिजनको व्यवस्था, बाथरुममा तातो÷चिसो पानीको व्यवस्था, पिउनको तातो÷चिसो पानीको व्यवस्था लगायतका प्रावधानले कैदिबन्दिहरुलाई भौतिक सुविधामा टेवा पु¥याएको पाइयो । यो बाहेक अन्य दुई वटा ब्लकमा भने पर्याप्त भौतिक सुविधा नभएको पाइयो । महिला कैदिबन्दि राखिएको ब्लक ‘सी’ मा सञ्चालित पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, कैदिबन्दिका लागि पर्याप्त खाट नभएको, भान्छाको राम्रो व्यवस्था नभएको पाइयो ।
यस अवसरमा संगठनद्धारा कैदिबन्दिहरुको धारणा बुझ्ने प्रयास गरियो । उनीहरुका अनुसार आफ्नो कैद सजाय भुक्तान गरि सामान्य जीवनयापनमा फर्कदा समाजले हेय र सङ्काको दृष्टिले हेर्ने गरेकाले समाजमा अन्य घटनाहरु हुँदा प्रहरीले उनीहरुमाथि नै अनुसन्धान केन्द्रित गर्ने गरेको गुनासो रहेको थियो । साथै लामो समयसम्म थुनुवाहरुको अदालतबाट फैसला नभएकोले कतिपय बन्दिले अनावश्यक समय थुनामा बस्नु परेको गुनासो समेत गरेका थिए ।
उक्त कारागारमा प्रशासकको रुपमा नारायण अधिकारी आएपछि यस कारागारको भैतिक सुविधामा उल्लेख्य सुधार भएको कुरा कैदिबन्दिहरुबाट प्रकट भएको थियो । उक्त अवसरमा संगठनको तर्फबाट सभापति श्री राजेन्द्र प्रसाद खनाल, उपसभापति श्री सरिता थापा, सचिब श्री जनक काफ्ले र सदस्यहरु श्री इन्द्रराज खनाल तथा श्री महेन्द्र गिरीको सहभागिता रहेको थियो ।
यसका साथै संगठनले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौदिक अपाङ्गता भएका बालबालिकालाई पौष्टिक आहार वितरण पनि गरिएको थियो ।